Tuesday 25th August 2026

कोरोनाभाइरसले स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु


तिताेपाटी – कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो ।

२१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो । गार्सियाको उपचारकै क्रममा मृत्यु भएको समाचारलाई फुटबल खेल सम्बन्धी लोकप्रिय अनलाइन गोल डटकमले प्रकाशित गरेको छ ।

महामारीको रुपमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप अहिले युरोपियन मुलुकमा बढी देखिएको छ । इटाली र युरोपमा कोरोनाको महामारी बढेको छ । स्पेनले अहिले देशमा आपतकालिन अवस्थाको घोषणा समेत गरेको छ ।

राताेपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

काठमाडौं — जेम्स वेब स्पेस टेलिस्कोप (JWST) का नयाँ तथा थप सटीक अवलोकनहरूले ब्रह्माण्ड कति तीव्र गतिमा फैलिरहेको छ भन्ने…

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

प्रतिकृयाहरू
...