Tuesday 26th May 2026

स्पेनका प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई कोरोना भाइरस


तितोपाटी- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ ।

स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएको छ ।
प्रधानमन्त्री सान्चेजले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप देशभर संकटकाल घोषणा गरेको केही घन्टापछि प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण पत्ता लागेको हो । श्रीमतीलाई कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री सान्चेजलाई पनि आइसोलेसनमा राखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...