Sunday 27th July 2025

मुद्दामै बित्याे ४० वर्ष


तितोपाटी-रोल्पाकाे त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान वली अदालत धाउन थालेको ४० वर्ष भयो।

पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए। मुद्दा लड्दालड्दै उनकाे कपाल फुल्याे, अनुहार चाहुरी पर्‍याे, आँखा पनि राम्रोसँग देख्न नसक्ने भए। तर, मुद्दाकाे झमेला अझै सकिएकाे छैन। ७९ वर्षका उनी बुढाे शरीर लिएर अझै पनि मुद्दा लड्दै छन्। पिठ्यूमा मैलो झोला, हातमा लौरो अनि बैशाख-जेष्ठको गर्मी होस् वा पुस-माघको कठाङ्ग्रीने जाडो सदावहार खुट्टामा चप्पल उनको पहिचान हो। सदरमुकाम लिवाङमात्र हैन दाङकाे तुल्सीपुरमा रहेको उच्च अदालतदेखि काठमाडाैंको सर्वोच्च अदालतसमेत पटकपटक धाएका उनलाई धेरै कानुन व्यवसायीहरुले चिने, तर कानुनले भने चिन्ने नसकेकाे छैन।

पहिलो पटक गाउँकै हरिभक्त खड्काले तेजमानलाई जग्गा खोसेको र ३ लाख रुपैयाँ लुटेको आराेपमा दाङ र कैलालीको जिल्ला अदालतमा मुद्दा हाले। रोल्पाबाट दाङ नजिकै भएपनि कैलाली टाढा थियाे। कैलाली प्रतिउत्तर लगाउन जाँदा निकै दुःख पाएको तेजमानले सुनाए।

२०४७ सालमा नापी हुँदा उनको सबै जग्गा दर्ता हुन छुटेछ। अमिनले मागेको घुस नदिदा जग्गा दर्ता गर्न छुटेकाे उनले बताए। पछि आधा जग्गा दर्ता भयो। ‘अझै आधा जग्गा दर्ता हुन बाँकी छ,’ तेजमानले भने, ‘नापीको बेला म घरमा थिइन। ८३ वर्षिया आमासँग कागजात मागेर गाउँका फटाहाले जालझेल गरेर जग्गा नापी नक्सामा छुटाइदिएछन्।’
सर्वोच्च अदालतमा परेको मुद्दाको शिलशीलामा उनी काठमाडाैं जाँदा अधिकांश ठाउँ पैदल यात्रा गर्थे। ‘रोल्पाबाट काठमाडाैं पुग्दा १ हप्ता लाग्थ्यो,’ तेजमानले भने। कतिपय ठाउँ गाडी चढ्थे भने अधिकांश ठाउँ पैदल यात्रा गर्थे उनी।

‘कमाई गर्ने समय मुद्दामामिला गर्दैमा बित्दा घरको आर्थिक अवस्था पनि कमजोर भयो,’ उनले भने, ‘घरमा छोराबुहारी भएपनि जग्गाजमिन मेरो नाममा छ। मुद्दा पनि म आफैं लडिरहेको छु।’ छोराबुहारी कानुन नजान्ने भएकाले आफूले बुढेसकालमा पनि यस्तो दुखः व्यहोर्नु परेको तेजमानको बुझाई छ। कानुन बुझ्दैनन्, सोझा छन्। त्यसैले म आफैं बुढो शरीर लिएर हिड्नु परेको छ,’ तेजमानले भने। अहिले उनको एउटामात्रै मुद्दा छ। गाउँकै भक्तवीरसँगको मुद्दामा पनि उनी जिल्ला, उच्च हुँदै सर्वोच्च पुगे। सर्वोच्च अदालतले जग्गा बदरको मुद्दा जिल्ला अदालतमै फर्काइदियो तेजमानले बताए। लाईभनेपाल बाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...