Friday 11th September 2026

मुद्दामै बित्याे ४० वर्ष


तितोपाटी-रोल्पाकाे त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान वली अदालत धाउन थालेको ४० वर्ष भयो।

पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए। मुद्दा लड्दालड्दै उनकाे कपाल फुल्याे, अनुहार चाहुरी पर्‍याे, आँखा पनि राम्रोसँग देख्न नसक्ने भए। तर, मुद्दाकाे झमेला अझै सकिएकाे छैन। ७९ वर्षका उनी बुढाे शरीर लिएर अझै पनि मुद्दा लड्दै छन्। पिठ्यूमा मैलो झोला, हातमा लौरो अनि बैशाख-जेष्ठको गर्मी होस् वा पुस-माघको कठाङ्ग्रीने जाडो सदावहार खुट्टामा चप्पल उनको पहिचान हो। सदरमुकाम लिवाङमात्र हैन दाङकाे तुल्सीपुरमा रहेको उच्च अदालतदेखि काठमाडाैंको सर्वोच्च अदालतसमेत पटकपटक धाएका उनलाई धेरै कानुन व्यवसायीहरुले चिने, तर कानुनले भने चिन्ने नसकेकाे छैन।

पहिलो पटक गाउँकै हरिभक्त खड्काले तेजमानलाई जग्गा खोसेको र ३ लाख रुपैयाँ लुटेको आराेपमा दाङ र कैलालीको जिल्ला अदालतमा मुद्दा हाले। रोल्पाबाट दाङ नजिकै भएपनि कैलाली टाढा थियाे। कैलाली प्रतिउत्तर लगाउन जाँदा निकै दुःख पाएको तेजमानले सुनाए।

२०४७ सालमा नापी हुँदा उनको सबै जग्गा दर्ता हुन छुटेछ। अमिनले मागेको घुस नदिदा जग्गा दर्ता गर्न छुटेकाे उनले बताए। पछि आधा जग्गा दर्ता भयो। ‘अझै आधा जग्गा दर्ता हुन बाँकी छ,’ तेजमानले भने, ‘नापीको बेला म घरमा थिइन। ८३ वर्षिया आमासँग कागजात मागेर गाउँका फटाहाले जालझेल गरेर जग्गा नापी नक्सामा छुटाइदिएछन्।’
सर्वोच्च अदालतमा परेको मुद्दाको शिलशीलामा उनी काठमाडाैं जाँदा अधिकांश ठाउँ पैदल यात्रा गर्थे। ‘रोल्पाबाट काठमाडाैं पुग्दा १ हप्ता लाग्थ्यो,’ तेजमानले भने। कतिपय ठाउँ गाडी चढ्थे भने अधिकांश ठाउँ पैदल यात्रा गर्थे उनी।

‘कमाई गर्ने समय मुद्दामामिला गर्दैमा बित्दा घरको आर्थिक अवस्था पनि कमजोर भयो,’ उनले भने, ‘घरमा छोराबुहारी भएपनि जग्गाजमिन मेरो नाममा छ। मुद्दा पनि म आफैं लडिरहेको छु।’ छोराबुहारी कानुन नजान्ने भएकाले आफूले बुढेसकालमा पनि यस्तो दुखः व्यहोर्नु परेको तेजमानको बुझाई छ। कानुन बुझ्दैनन्, सोझा छन्। त्यसैले म आफैं बुढो शरीर लिएर हिड्नु परेको छ,’ तेजमानले भने। अहिले उनको एउटामात्रै मुद्दा छ। गाउँकै भक्तवीरसँगको मुद्दामा पनि उनी जिल्ला, उच्च हुँदै सर्वोच्च पुगे। सर्वोच्च अदालतले जग्गा बदरको मुद्दा जिल्ला अदालतमै फर्काइदियो तेजमानले बताए। लाईभनेपाल बाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...