Friday 24th April 2026

कुवेत लगायत प्रायः सवै खाडी राष्ट्रमा कोरोनाको प्रवेश


तोयानाथ उपेक्षित – कुवेतमा कोरोना भाईरसको त्रासले पुरै देश हल्लिएको छ । हिजो सम्म कोरोनामुक्त भनिएको थियो तर आज स्वास्थ्य मन्त्रालयले घोषण गर्दै तिन जना कोरोना संक्रमितलाई क्वारेन्टाईनमा राखेर उपचार भईरहेको जनाएको छ ।

समाचारहरुमा भनिए अनुसार कुवेतमा पाइएका कोरोना संक्रमित तीन जना मध्ये एक जना कुवेती नागरिक बर्ष ५३, एक जना बेदु स्टेट लेस बर्ष २१ र एक जना साउदी नागरिक बर्ष ६१ को भएको जनाईएको छ । एक अर्को समाचार अनुसार एक जनामा कोरोनाको लक्षण पाईए पनि दुई जना अनुसन्धानकै क्रममा रहेको समेत भनिएको छ । यी तिनै जना ईरानको उत्तरी भाग मसादबाट आएका थिए । समाचार अनुसार ईरानमा ५० जना भन्दा धेरैको कोरोनाका कारण मृत्यु भैसकेको छ तर ईरानी अधिकारीहरुले उक्त तथ्यांकलाई गलत बताएका छन । उनीहरुका अनुसार १४ जनाको मृत्यु भएको छ यसरी नै दक्षिण कोरियामा ८ जनाको मृत्यु भईसकेको छ ।

खाडीकै अर्को देश बहराईनमा पनि एक जना कोरोना संक्रमित पाईएको कुरा पुष्टि भएको छ । ती व्याक्ति पनि इरानबाट नै आएका थिए । अफगानिस्तानमा पनि एक जनामा नोभेल कोरना भाईरस पाईएको छ तिनी पनि ईरानबाट नै आएका थिए । ईरानसँग कुवेतले हवाई सम्पर्क विच्छेद गरेको छ तर त्यहाँबाट कुवेत आएकाहरुलाई क्वारेन्टाईनमा राखेर अनुसन्धान भईरहेको जनाएको छ । यसरी नै ईराकमा पनि एक जनालाई कोरोना भएको समाचार छ । ती ब्यक्ति पनि ईरानबाट फर्केका मानिस हुन । यसै बीच कुवेती कोष्ट गार्डले कुवेत पस्न खोज्ने ८ जना ईरानीलाई पक्रेर उतै फिर्ता पठाएको छ । युएईले पनि ईरान र थाईल्याण्ड भ्रमण गर्न रोक लगाएको छ । ओमनमा पनि २ जनालाई कोरना भाईरस संक्रमित भएको जनाएको छ । ती दुवै जना महिला हुन जसले ईरानको भ्रमण गरेका थिए । उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको जनाईएको छ । बहराईनी नागरिक स्कुल बस ड्राईभरमा कोरोना देखिए पछि त्यहाँका तीन विद्यालय बन्द गरिएका छन ।

बढ्दो कोरोनाको डरको कारण कुवेत सरकारले भोली र पर्सीको राष्ट्रिय दिवसका कार्यक्रमहरुलाई रद्ध गरेको छ । नेश्नल डे का दिन कुवेतका सडकहरुमा लाखौ नागरिक उत्सव मनाउन निक्सकने गर्दछन भने कुवेत टावर र लिभरेसन टावरमा उत्सवका विभिन्न कार्यक्रम हुने गर्दछन तर सवैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले कार्यक्रम रद्ध गरेको छ ।

नोभल कोरोना को त्रास बढेसगै कुवेतमा मास्कको कालो बजारी नहोस भनेर सरकारले थोरै मुल्य बढाएर मुल्य निर्धारण गरेको छ । तस्वीरमा हेर्नुहोला । सरकारले प्रचारात्मक सन्देशहरु राष्ट्रिय मिडियामा जोडतोडले बजाउन थालेको छ । संक्रमणबाट बच्न मास्को प्रयोग गर्ने, सानिटाईजरको प्रयोग गर्ने, हात धृने, मुखमा हात नलाने, भिडभाडबाट अलग्गै रहन प्रयत्न गर्ने र सामान्य फ्लु भएमा स्वास्थ्य जाँच गराउने जस्ता सन्देश प्रवाह गरिरहेको छ ।

कुवेतमा गैह कानूनी रुपमा रहेका समेत गरेर लगभग ८० हजार नेपालीहरु कार्यरत छन । खास गरेर क्लिनिंग कम्पनी, सेक्युरिटी, होटल र सुपरमार्केटमा अधिकांश कार्यरत छन भने घरेलु कामदारको संख्या पनि २६ हजारको हाराहारीमा रहेको बताईन्छ । प्रायः भिडभाड हुने ठाउँहरुमा धेरै नेपालीहरु काम गर्ने भएकाले बढी नै सर्तक हुन जरुरी छ । कुवेतको थोरै भागमा धेरै जनघनत्व रहेको हुदा यहाँ संक्रमणको खतरा निक्कै रहन सक्छ सावधान हुन जरुरी छ ।

चीनलाई ईपीसेन्टर बनाएर फैलिएको कोरोना भाईरसबाट हाल सम्म २६ सय भन्दा बढीको मृत्यु भएको छ भने ७९ हजार भन्दा बढी संक्रमित भईसकेका छन । अहिले यो भाईरस चीन बाहिर तिव्र गतिमा फैलिरहेको छ भने विश्व नै लक डाउनमा पर्ने खतरा बढदो छ । कयौ देशहरु स्वतस्फुर्त रुपमा नाकाबन्दी आफैले आफैलाई गर्न बाध्य हुने अवस्थामा रहेकाले विश्व अर्थतन्त्र समेत चौपट हुने अवस्था छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

प्रतिकृयाहरू
...