Thursday 20th August 2026

१८ औं एम.बि. बमजन गोल्ड कप फुटबलको उपाधि पुर्वेली टाइगरले चुम्यो


तितोपाटी – १८ औं एम.बि. बमजन गोल्ड कप फुटबलको उपाधि पुर्वेली टाइगरले जित्न सफल भएको छ। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १८ औं एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट कुवेतको फाहाहिलस्थित सुकसबाहमा रहेको फुटबल मैदानमा हिँजो सम्पन्न हुँदा विजेता पुर्वेली टाइगरले मंगाफ फुटबल टिमलाइ ४ का बिरूद्ध ६ गोल गरि उपाधी चुमेको हो भने मंगाफ फुटबल टिम उपविजेता बनेको हो।

१३ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता १४ फेब्रुअरीमै सम्पन्न भएका थिए भने हिँजो २१ तारिक सेमि फाइनल मङगाफ फुटबल टिम र केजी एल फुटबल टिम तथा पुर्वेली टाईगर र नेपाल कुवेत सरोकार समाज बिच भएका थिए।

मङगाफ फुटबल टिम र केजी एल फुटबल टिम बिच भएको पहिलो सेमि-फाइनल खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुट मार्फत मंगाफ फुटबल टिमले केजिएल फुटबल टिमलाइ ५ बिरूद्ध ६ गरेर फाइनलमा प्रवेश गरेको थियो भने दोश्रो सेमीफाईनल खेल सरोकार समाज र पुर्बेली टाईगर बिच हुँदा ० को बिरूद्ध ६ गोल गर्दै पुर्बेली टाईगर फाईनलमा प्रबेश गरेको थियो।

फुटबल प्रतियोगितामा रमाइलोको लागि सेमिफाईनल खेल सम्पन्न भए पश्चात ३५ वर्ष उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेल खेलाईएको थियो । नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी र एमबिम बमजन कपका संस्थापक क्लबका बरिष्ठ सल्लाहकार राजेन्द्र तामाङको नेतृत्वमा खेलाइएको उक्त रोमाञ्चक खेलमा महामहिम राजदूतले नेतृत्व गरेको टिमले जित हाँसिल गरेको थियो।

क्लवले प्रथम हुने पुर्वेली टाईगरलाई २५१ केडी नगद, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो भने द्दित्तीय हुने मङगाफ एफ सि क्लवलाई १५१ केडी नगद,ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो । यसैगरी, सहभागी १३ टिमहरु मध्ये अनुशासित टिमको उपाधी ईलेभेन स्टार फुटबल टिम, उत्कृष्ट खेलाडी हर्क मगर(गोर्खाली फुटबल क्लव) र हाई स्कोरर मेचे(पुर्बेली टाईगर) ले प्राप्त गरेका छन भने रेफ्रिहरुलाई कप र मेडलले सम्मान गरिएको थियो ।

फोटोः निरेम अपडेट


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...