Thursday 14th May 2026

नेकपाले प्रवास नेतृत्व तोक्यो, कुवेतबाट राजु थापा र मनु भुजेलले नेतृत्व गर्ने


तितोपाटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ। नेकपाले एक परिपत्र जारी गरि ३६ देशका प्रवास संगठनहरूको टुंगो लगाएको हो। नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो।

प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चाैलागाइ तथा सचिव श्री प्रसाद साहद्वारा हस्ताक्षरित परिपत्र प्रवासको नेतृत्वले पुर्णता पाएको हो। यस अघि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित प्रवास विभाग एकता कार्यदलले सन २०१८ को सेप्टेम्बर महिनामा प्रवासमा भएका दुबै पार्टीका प्रवास संगठनहरूलाइ प्रवास कमिटीको प्रस्ताव गरि पठाउन परिपत्र गरेको थियो भने प्रवासमा रहेका संगठनहरूले सोही बमोजिम समिति प्रस्ताव गरि पठाएका थिए।

नेकपाले जारी गरेको परिपत्रमा उल्लेखित प्रवास कमिटीको विवरण अनुसारअमेरिकाको अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी ( सदस्य संख्या ३५ सदस्य), अष्ट्रेलिया अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल ( सदस्य संख्या ३५) र क्यानडाको अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का ( सदस्य संख्या ३५) रहेका छन्।

त्यस्तै गरि युरोप क्षेत्रमा अष्ट्रियामा धर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई ( सदस्य संख्या१९), चेकको अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी ( सदस्य संख्या १५), जर्मनीको अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल (सदस्य संख्या ३५), पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल, सचिवमा डोलराज भण्डारी ( सदस्य संख्या ३५), स्पेनको अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने ( सदस्य संख्या ३५) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम ( सदस्य संख्या ३५), स्विट्जरल्याण्डको अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी (सदस्य संख्या २३), इटालीको अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती, (सदस्य संख्या १७), नेदरल्याण्ड्सको अध्यक्षमा प्रेमकाजी गुरुंग, सचिवमा थानेश्वर गौतम (सदस्यसंख्या २५), बेल्जियमको अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल (सदस्य संख्या ३५) फ्रान्सको अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल (सदस्य संख्या १८), स्विडेनको अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे (सदस्य संख्या २५) , डेनमार्कको अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक (सदस्य संख्या ३५),नर्वेको अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी ( सदस्य संख्या २१), फिनल्याण्डको अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल (सदस्य संख्या १५), पोल्याण्डको अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य (सदस्य संख्या १७),आयरल्याण्डको अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला (सदस्य संख्या २१), साइप्रसको अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी (सदस्य संख्या ३५), रुसको अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल (सदस्य संख्या १५) र न्यूजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल(सदस्य संख्या १३) रहेका छन्।

त्यसै गरि मध्यपुर्वमा साउदी अरबको अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल, (सदस्य संख्या ३५), यूएईको अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक (सदस्य संख्या ३५), कतारको अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की (सदस्य संख्या ४१), कुवेतको अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर (सदस्य संख्या २३) बहराइनको अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक, (सदस्य संख्या ३५), ओमानको अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने (सदस्य संख्या ३५) इजरायलको अध्यक्षमा तीर्थ गौतम र सचिवमा अनिरुद्र जोशी (सदस्य संख्या ३५) रहेका छन्।

एसिया प्रशान्त क्षेत्रमा हङकङको अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुंग, (सदस्य संख्या ३५), मकाउको अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी (सदस्य संख्या ३५), कोरियाको अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल, (सदस्य संख्या ३५), जापानको अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी (सदस्य संख्या ३५) मलेशियाको अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल,(सदस्य संख्या ३६) र भारतको अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी र (सदस्य संख्या १९९) रहेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

प्रतिकृयाहरू
...