Wednesday 30th September 2026

चीनबाट १७०जना नपाली नेपाल फर्किदै


तितोपाटी- कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले आवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको जानकारी दिए ।केही आवेदन दोहोरिएका छन्, त्यसलाई हामी अन्तिम रुजु गर्दैछौं,’ टेलिफोन सम्पर्कमा नेपाल लाइभसँग लम्सालले भने, ‘सबै मिलाउँदा करिब १ सय ७० जनाको आवेदन परेको छ ।’

बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना निकालेर हुबेईका नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकाले तत्कालै फाराम भर्न आग्रह गरेको थियो। नेपाल आउन चाहने नेपालीका लागि चीनको स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म आवेदन भर्ने समयसीमा तोकिएको थियो ।

तीन दिनमा नेपाल फर्काउने

लम्सालले त्यस क्षेत्रका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु भइसकेको भन्दै उनीहरु २/३ दिनमा नेपाल आइपुग्ने बताए । ‘उनीहरुलाई नेपाल फर्काउने प्रक्रिया योसँगै सुरु भइसक्यो,’ उनले भने, ‘२/३ मा हामी उनीहरुलाई नेपाल फर्काउँछौं ।’

नेपाल फर्किन फाराम भरेका नेपालीहरुलाई जहाज चार्टर गरी स्वदेश फर्काउने तयारी दूतावासको छ । यसबारे जानकारी दिँदै लम्सालले भने, ‘हामी जहाज चार्टरका लागि कुरा गरिरहेका छौं । प्रक्रिया सकाएर चाँडै उहाँहरुलाई नेपाल फर्काउँछौं ।’ कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि हुबेई प्रान्तस्थित वुहान र अन्य क्षेत्रमा रहेका नेपालीको सहायताका लागि चीनस्थित नेपाली दूतावासले विशेष सेल स्थापना गरेको थियो। नेपाललाइभ बाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...