Wednesday 8th July 2026

बहिर्गमनमा सहभागी हुन साउदीमा रहेका नेपालीलाई दूतावासको आग्रह


तितोपाटी- साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फाराम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले (अकामा) नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरूका लागि बहिर्गमनको व्यवस्था गरेको छ ।

साउदी सरकारले ल्याएको यो बहिर्गमन योजनाअन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवश्यक पर्ने फारम र कागजातहरू राखी पत्रसहित सम्बन्धित श्रम कार्यालयमा जानका लागि नेपाली राजदूतावासले १८ माघ (१ फेब्रुअरी २०२०) हाफर अल बातिनमा कर्मचारीहरू खटाई फाराम र निवेदन संकलन गर्ने भएको छ ।
दिउँसोको १२ बजेदेखि ४ बजेसम्म तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किन दूतावासले अनुरोध गरेको छ । कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
तोकिएको स्वरूपको निवेदन (निवेदनको ढाँचा कार्यक्रम स्थलमा रहनेछ), अकामाको प्रतिलिपि– तीनप्रति, राहदानी र भिसाको प्रतिलिपि ३ प्रति आवश्यक पर्ने दूतावासले जनाएको छ ।

सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फारम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ ।
साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरूका लागि बहिर्गमनको व्यवस्था गरेको हाे ।साभार शिलापत्र


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको सुन्दर टापु राष्ट्र फिजी मा आज करिब १० हजार नेपाली मूलका मानिसहरू बसोबास गरिरहेको अनुमान गरिन्छ। उनीहरूको सबैभन्दा…

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

प्रतिकृयाहरू
...