Tuesday 13th January 2026

धक्का शब्द देखि डराउने र कराउने नेता


तोयानाथ उपेक्षित – यो धक्का शब्द प्रम ओली जी ले प्रयोग नगरी दिनु भएको भए देउवा जी लाई पसिना छुट्ने थिएन होला। भरखर नेविसंघमा भएको भाडभैलोबाट ठुलो धक्का महसुस गरेका हाम्रा नेता देउवा जी लाई यस्ता शव्दहरुको प्रयोगले तर्साउनु अस्वभाविक होईन। प्रम ओलीको शव्द चयन र प्रयोगको कन्टेन्ट जे भए पनि धक्का भन्ने शव्दलाई देउवाले आफ्नै तालमा बुझ्नु संयोग मात्र होईन। उहाँले विगत दुई बर्ष देखि खाईरहेको धक्काको धङधङ्गीमा रहेका नेतालाई नुनचुक हाल्न शव्दै काफी भईदियो।

चीनबाट कोरोना भाईरस नेपाल पसेको समाचार विश्वभरीका मिडियाले उछालीरहेको बेला भ्रमण वर्ष मनाईरहेको नेपालका लागि एउटा ठुलो धक्का हो। उक्त भाईरस फैलिरहेको भए पनि सरकारले लुकाउन नसक्दा सरकारलाई नै धक्का महसुस भईरहेको छ। भाईरसको पहिचान गर्न विदेश पठाउनु पर्ने बाध्यता भएकाले सरकारले भाईरसको प्रकोप छिपाउन सक्ने कुरा भएन। यो न्युनिकरण भएन वा फैलिएर गयो भने नेपालमा विदेशी पाहुना आउने छैनन र भ्रमण वर्षको लक्ष्य हासिल हुने छैन शायद यसैलाई प्रमले ईगिंत गर्न खोज्नु भएको हुन सक्छ।

अर्को धक्का एमसीसी हो। सरकारले यसलाई पास गराउन कुनै सकस छैन। प्रतिपक्ष सत्ता पक्ष भन्दा जोडबलले पास गर्न पर्छ भनिरहेको छ तर सडक, सञ्जाल र सर्वसाधारणले एमसीसीलाई पास गर्न हुदैन भनेर धक्का दिईरहदा सरकारको लोकप्रियता घट्दै गएको पाईन्छ यो पनि एक प्रकारको धक्का नै हो।

विप्लब माओवादीका हजारौ कार्यकर्ता तथा नेता सरकारी दानपानी खाएर खोरमा बसेका छन भनेर ढुक्क भएका गृह मन्त्री बादल तनावमा छन। एनसेल र हाईड्रोहरुमा आगजनी भईरहेका घट्नाले पनि सरकारलाई निक्कै ठुलो धक्का दिईरहेको छ ।

सरकारलाई अर्को समान्य २ रेक्टर स्केलको धक्का संघिय समाजबादी पार्टीको बर्हिगमनले दिएको छ जसको कारण दुई तिहाईको फूई सकिएको छ तर त्यसको उपता गर्न राजपा नेकपाको योजनामा नजानिदो गरि ईन्ट्रि मारिरहेको छ। राष्ट्रिय सभाको निर्वाचनले ओली सरकारलाई केही राहा मिलेको छ।

विगतको संसदिय निर्वाचन हारेर लखतरान भएका प्रतिपक्षि नेता हार मान्ने खालका कहाँ छन र? उनले दुई महिनासम्म सत्ताको तालाचावी बुझाउदै बुझाएनन। बाध्य भएर सरकार छाडे पनि सवै प्रदेश सरकार गुमाएका उनले आफ्नो स्वार्थ अनुकुल प्रदेश प्रमुख नियुक्त गरे। सत्ता पक्षले कांग्रेसका लागि नभई प्रदेश प्रमुखहरुको व्याक्तित्वका लागि दुई वर्ष मौन बसेर एक्कासी फयाकिदिदा देउवा झसंग भएका थिए। त्यो धक्का उनले चाल नै पाएनन। एक पछि अर्को धक्का खाईरहेका नेता देउवालाई कहिले रामचन्द्रले त कहिले शेखर कोईराला, कहिले सुजताले त कहिले कसले आफ्नै पार्टी भित्र धक्का दिईनै रहेका छन। यसर्थ धक्कै धक्काले थिलथिलो भईसकेका देउवा जी का कानमा धक्का शव्दको उच्चारण कसैले गर्नु हुदैन। उनले जसरी बुझे त्यसरी नै बुझ्ने र ताली ठोक्ने उनका सांसदहरुलाई देख्दा अब उनको राजनीति अवसान हुने पक्का जस्तो देखियो।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...