Friday 11th September 2026

उखु व्यापारी कनोडिया पुगे वाणिज्य मन्त्रालय


तितोपाटी-गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएपछि महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पुगेका छन्।मंगलबार मन्त्री लेखराज भट्टलाई भेटेर कनोडियाले दस दिनभित्र किसानको बक्यौता पैसा फिर्ता गर्ने बचन दिएका छन्।

उनले किसानलाई भुक्तानी दिन २१ करोड रूपैयाँ बाँकी छ। मंगलबार नै गृह मन्त्रालयले उखु किसानलाई पीडित बनाउने व्यापारी पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो।कनोडिया मन्त्रालय आएर पैसा तिर्ने कबुल गरेको मन्त्री भट्टले बताए। ‘उहाँ आएर २५ गतेभित्रमा सबै पैसा भुक्तानी गर्ने बचन दिएर चिठी लिई फर्किनुभएको छ,’ मन्त्री भट्टले भने, ‘सो मितिमा भुक्तानी नभए कानुन बमोजिम कारबाही प्रक्रियामा जान्छौं।’कनोडिया प्रदेश ५ सभामा कांग्रेसतर्फबाट सांसद छन्। उनी दलको संसदीय दल उपनेता हुन्।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...