Thursday 14th May 2026

फिल्म ‘आमा’को ट्रेलर युटुब ट्रेन्डिङको पहिलो नम्बरमा


काठमाडौ-फिल्मको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न सजिलो छैन। गीत संगीत झै फिल्मको ट्रेलर धेरै पटक हेर्न मानिस कमै भेटिन्छ । त्यसमा पनि पछिल्लो समय युट्युवमा साउथ फिल्म हेर्न जमात दिन प्रतिदिन बढ्दो छ तर बिहिबार सार्वजनिक भएको फिल्म ‘आमा’को ट्रेलर भने युटुब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ। दीपेन्द्र के खनालको निर्देशन तथा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरले शनिबार साँझबाट युट्युबको ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको हो।
सार्वजनिक भएको ट्रेलर धेरैले राम्रो भनेका छन्। कतिपयले त ट्रेलरले रुहाएको प्रतिक्रिया समेत दिएका छन्। लेखक समेत रहेका निर्देशक दीपेन्द्रले दर्शकबाट पाएको प्रतिक्रियाले आफु उत्साहित बनाएको बताए। ‘ट्रेलरबाट दर्शकले फिल्मप्रति जे अपेक्षा गर्नु भएको छ त्यो पुरा गर्छ होला’ खनालले थपे। शर्मिला पाण्डेको निर्माण रहेको फिल्म फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । एउटा घरमा आमाको संघर्ष, समस्या र भूमिकाको विषय फिल्मले कथा बनाएको छ। फिल्म ‘आमा’को कथा हरेकको घरको कथा भएको निर्देशक दीपेन्द्रले बताउँदै आएका छन्।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...