Tuesday 6th October 2026

लमजुङको मतदान केन्द्रनजिकै टाइम बम विस्फोट


तितोपाटी-लमजुङमा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला बम विस्फोट भएको हो।

मतदाता तर्साउन अज्ञात समूहले मतदान केन्द्रको डेढसय मिटर पर टाइम बम विस्फोट गराएको हो । ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरु केहीबेर विचलित भएका थिए । अहिले भने स्थिति सामान्य छ । मतदान जारी छ। अन्नपुर्ण पोस्ट बाट


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...