Tuesday 13th May 2025

लमजुङको मतदान केन्द्रनजिकै टाइम बम विस्फोट


तितोपाटी-लमजुङमा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला बम विस्फोट भएको हो।

मतदाता तर्साउन अज्ञात समूहले मतदान केन्द्रको डेढसय मिटर पर टाइम बम विस्फोट गराएको हो । ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरु केहीबेर विचलित भएका थिए । अहिले भने स्थिति सामान्य छ । मतदान जारी छ। अन्नपुर्ण पोस्ट बाट


सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...