Tuesday 26th May 2026

मेडिकल कलेजलाई कारबाही गर्ने गृहको तयारी


मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयले बुधबारबाट कारबाही थाल्ने भएको छ। गृह स्रोतका अनुसार मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय भएको हो। बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने।मेडिकल कलेजलाई सरकारले पन्ध्र दिने र चौबीस घन्टै अल्टिमेटम यसअघि नै दिइसकेको थियो। सो समयमा पनि मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता नगरेपछि मंगलबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।

गृह स्रोतका अनुसार सरकारले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई बुधबारदेखि पक्राउ गरेर कारबाही गर्ने निर्णय भएको हो। ‘कानुनअनुसार कारबाही गर्ने कुरामा सहमति भयो,’ ती अधिकारीले भने, ‘सरकारले कारबाही गर्ने भनेपछि विद्यार्थीले पनि जाहेरी दिनुपर्छ। प्रशासनमा गएर जाहेरी दिन सकिन्छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत थिए। गृहले यो निर्णय गरेसँगै शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालक र मन्त्री पोखरेलबीच अहिले वार्ता चलिरहेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...