Tuesday 4th November 2025

सुनकोशीका हिरो सोनाम कुवेतबाट पुरस्कृत


तितोपाटी – नोभेम्बर महिनाको पहिलो साता एक भयानक बस दुर्घटना भयो । १८ जनाले ज्यान गुमाए भने चार दर्जन भन्दा बढी घाईते भए । दुर्घटना को ५ मिनट नपुग्दै सोनाम तामाङ नाम गरेका युवा रयाप्टिङ बोट लिएर पुगे र कयौको ज्यान बचाए ।

सिन्धुपाल्चोक जिल्लाको सुकुटेको उक्त कहाली लाग्दो दुर्घटनाले सवैलाई स्तव्ध बनायो । अझ कोलाहालपूर्ण भिडियो देखे पछि देशभरी नै त्यस घट्नाको चर्चा भयो । सोनाम र उनका साथीहरुले साहसीपूर्ण काम गरे । उनीहरुको साहस र उद्धारको देशै भरी प्रसंसा भयो ।

सोनामको बहादुरी लाई सम्मान गर्दै कुवेतमा रहेर नेपाली समाजका विभिन्न संघ सस्थामा नेतृत्व गरेका पाका व्याक्तित्व तथा समाजसेवी राजेन्द्र तामांगले कुवेतबाट उनै सोनामको बहादुरी कार्यलाई सम्मान गर्दै २५ हजार रकम तत्कालै सम्मान स्वरूप पठाए । तामाङले पठाएको उक्त रकम स्थानीय नगर प्रमुख निम्फुन्जो शेर्पाको हातबाट एक समारोहका विच सोनामलाई हस्तान्तरण गरियो ।

कुवेतवासी नेपालीहरुको तर्फबाट राजेन्द्र तामांगले पठाएको उक्त सम्मानले कुवेतवासीलाई गौरब दिलाएको यहाँका मानिसहरुले प्रतिक्रिया दिएका छन । राजेन्द्र तामांग पनि सिन्धुपाल्चोक निवासी हुन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

प्रतिकृयाहरू
...