Sunday 16th August 2026

भारतीय दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठ्नुपर्छ: गगन थापा


तितोपाटी-कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो । भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’उनले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले थपे, ‘प्रतिपक्ष कांग्रेसलगायत, आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमा नै आएर धारणा व्यक्त गरिसकेका छन् । तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ।’


सम्बन्धित शीर्षकहरु

शनिबार इजरायलले दक्षिण लेबनानमा हिज्बुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा…

अमेरिकाले नेपालको केही पुरातात्त्विक तथा सांस्कृतिक (एथ्नोलोजिकल) सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय…

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

प्रतिकृयाहरू
...