Monday 6th July 2026

सरकारले “चट मगनी फट बिहे” को पारामा नयाँ प्रदेश प्रमुख नियुक्त गरि सपथ समेत गरायो


तितोपाटी – गत अाइतबार बहालवाला प्रदेश प्रमुखहरूलाइ पदमुक्त गरेको नेपाल सरकारले सोमबार नै नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरूलाइ सपथ ख्वाइसकेकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साेमबार बसेको सचिवालयको बैठकले नयाँ प्रदेश प्रमुखको नाम टुङ्गो लगाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेश प्रमुखको नाम निक्र्योल गरेपछिलगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

राष्ट्रपति भण्डारीले आइतबार तत्कालीन सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् भने सोमबार सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन जसमा प्रदेश नं १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश नं २ मा तिलक परियार, प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं र गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नं ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त रहेका छन् । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूले अाज मंगलबार बिहान पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा प्रदेश प्रमुखहरुलाई सपथ गराएकी हुन ।

नेकपाले पूर्वउपप्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्वलाई प्रदेश प्रमुखमा छनोट गरेको हो । आलङ्कारिक र संवैधानिक पदमा विशेष गरी पूर्वप्रशासकलाई प्राथमिकता दिइँदै आएकामा यसपटक भने कम्युनिस्ट पार्टीका पुराना नेतालाई जिम्मा दिइएको हो । नवनियुक्त प्रदेश प्रमुखमा राजनीतिक व्यक्तित्वलाई प्राथमिकता दिएर उहाँहरुलाई सम्मान गरिएको नेकपाको दाबी छ । त्यसो त नेकपाले आफ्नो घर पायक प्रदेशभन्दा अन्य प्रदेशको प्रमुख बनाएर नयाँ सन्देशसमेत दिएको छ ।


सम्बन्धित शीर्षकहरु

रियाद — यमनको लामो समयदेखिको द्वन्द्वका बीच साउदी अरब नेतृत्वको यमनी सरकार समर्थक गठबन्धनले हुथी समूहप्रति कडा टिप्पणी गरेको छ।…

वाशिङ्टन डीसी। पृथ्वीको कक्षाबाट क्रमशः तल झर्दै गएको अन्तरिक्ष दूरबिनलाई जोगाउने उद्देश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी NASA ले नयाँ रोबोटिक उद्धार…

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

प्रतिकृयाहरू
...