Saturday 4th April 2026

गुल्मीमा तीन जनाको शव भेटियो


तितोपाटी-गुल्मीमा रहस्यमय तरिकाले तीन जनाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा एक महिला र दुई बालिकाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

महिलाको शव भेटिएको ठाउँबाट करिव दुई सय मिटर पर बालिकाहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घटनास्थल सदरमुकाम तम्घासबाट साँढे ५ घन्टाको दूरीमा रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । नयाँपत्रिका डेली


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...