Saturday 25th October 2025

गुल्मीमा तीन जनाको शव भेटियो


तितोपाटी-गुल्मीमा रहस्यमय तरिकाले तीन जनाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा एक महिला र दुई बालिकाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

महिलाको शव भेटिएको ठाउँबाट करिव दुई सय मिटर पर बालिकाहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घटनास्थल सदरमुकाम तम्घासबाट साँढे ५ घन्टाको दूरीमा रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । नयाँपत्रिका डेली


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

प्रतिकृयाहरू
...