Friday 26th December 2025

लालीगुरासँ द्वारा संचालित पन्चे बाजा अब राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत नामक


तितोपाटी- बिगत केहि वर्ष अघि देखि लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा यस कुवेत नगरीमा आफ्ने कला , धर्म , सांस्कृतिलाई जगेर्णा गर्दै आफ्ना रिति रिवाज बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेको थियो ।

लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा संचालनमा रहेको पन्चे बाजाका संयोजक बिष्णु सुनार , लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधब पौडेल र सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा गत शुक्रबार १८ अक्टुवर २०१९ शुक्रबारका दिन फर्वानिया पार्कमा बसेको बृहद बैठक बाट लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत बाट अलग भैई पन्चे बाजाको आफ्नै नीति नियम विधानमा रही यस कुवेत नगरीमा रहेको हरेक सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावास संग सहकार्य र हातेमालो गर्दै जाने भन्दै पुन बिष्णु सुनार कै संयोजकमा रही २१ सदस्य गठन गरेको छ ।

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको आफ्नो प्रथम अधिवेशन अब केहि महिना पश्यात गर्ने भनि संयोजक बिष्णु सुनार ले जानकारी दिएका छन ।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...