Tuesday 5th May 2026

लालीगुरासँ द्वारा संचालित पन्चे बाजा अब राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत नामक


तितोपाटी- बिगत केहि वर्ष अघि देखि लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा यस कुवेत नगरीमा आफ्ने कला , धर्म , सांस्कृतिलाई जगेर्णा गर्दै आफ्ना रिति रिवाज बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेको थियो ।

लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा संचालनमा रहेको पन्चे बाजाका संयोजक बिष्णु सुनार , लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधब पौडेल र सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा गत शुक्रबार १८ अक्टुवर २०१९ शुक्रबारका दिन फर्वानिया पार्कमा बसेको बृहद बैठक बाट लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत बाट अलग भैई पन्चे बाजाको आफ्नै नीति नियम विधानमा रही यस कुवेत नगरीमा रहेको हरेक सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावास संग सहकार्य र हातेमालो गर्दै जाने भन्दै पुन बिष्णु सुनार कै संयोजकमा रही २१ सदस्य गठन गरेको छ ।

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको आफ्नो प्रथम अधिवेशन अब केहि महिना पश्यात गर्ने भनि संयोजक बिष्णु सुनार ले जानकारी दिएका छन ।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...