Tuesday 30th December 2025

दुवई दुर्घटनामा ज्यान गुमाउने नेपाली ‘बालबालिकाका साथी’


तितोपाटी-युएईको दुवईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ६ नेपाली सहित ८ जना स्थानीय एक विद्यालयमा सफाई श्रमिकका रुपमा कार्यरत रहेको थिए । उनीहरु वार्का क्षेत्रको एक विद्यालयका कामदार रहेको जनाइएको छ ।

दुवईको मोहम्मद वीन जायाद रोडमा भएको मिनिबस दुर्घटनामा ति श्रमिकले ज्यान गुमाएका थिए । ति श्रमिक कार्यरत विद्यालयका एक अभिभावकलाई उधृत गर्दै गल्फ न्यूजले ति श्रमिकलाई बालबालिकाका साथि भनेर लेखेको छ ।

एक ट्रकमा पछाडी पट्टी गएर ठोक्किएको सो मिनिवसमा चालक सहित १४ जना थिए । दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भनें दुईजना गम्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु भएका नेपालीमा दानबहादुर सत्याल, दीपक विक, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, रमेश चौधरी र नयराम साउद रहेका छन् ।

साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...