Thursday 5th March 2026

देशको शासनसत्ता लठेतहरुको हातमा परेको छ


जय नारायण माझी थारू – संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्‍हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत भाषामा शासक भनिएको हो । मानवजातीको बिकासित मनोबृति सँगै पुस्तौ देखि एउटै परिवारको हुकुमी प्रशासनलाई अन्त्य गरि सर्वसहभागीता होस भन्ने हेतुले आज बिश्वको प्रायः जसो देशमा जनाताद्वरा शाशित प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुदै  हुदै समाजवादको कार्यदिशामा प्रवेश गरेर विश्वमा आफुहरुलाई उभियाउन सफल भएका छन् ।

यही अभ्यासमा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । जनताको दसकौ दसकको त्याग तपस्या बलिदानीले नेपाललाई पनि कथित एकल वंशावलीको साशनसत्तालाई ढाल्दै देशमा जनताद्वरा शासित लोकतान्त्रीक गणतन्त्रात्मक प्रणाली लागु भयो । तर बिड्म्बना – हाम्रो देशमा लोकतन्त्रको नाममा जसले जे गरे पनि हुने, जसले जस्तो गरेपनि तिनीहरुलाई कसैले केहि भन्नेवाला छैन । न त तिनीहरुलाई राज्यको ऐन कानुनले सजायको भागिदार बनाउछ न त जनताको डर त्रासले पिरोल्छ । हामी त्यही देशको सभ्य नागरिक भएर बाँचिरहेका छाैं, जुन देशमा कौवा चरिले जस्तै काँ काँ गरेर जनताको हुर्मत लिने नेताहरुको हुकुम चल्छ। नेपालका नेताहरु साली पट्टिका सात पुस्ता र भिनाजु पट्टिको आठ पुस्ता सम्पती जोड्ने होडबाजीमा छन । आज देश जनताद्वरा साशित शासन प्रणालीका केहि मुठिभरि ब्यक्तीको इसारामा देश कठपुतली झै झमझमी नाचिरहेको छ । हिजोसम्म सामान्य जनताको घरमा बासी भात मागेर खानेहरु, हवाइ चप्पलमा हिडेकाहरु, र काठमाडौंको सडक पेटीमा सुत्नेहरु, आज बिलासिताको जिवन बाचिरहेका छन । तिनीहरुको दिनचार्य बद्लिएको छ। तिनिहरुको लवाई खवाई कुनै बेलाको राजा रजौटा भन्दा फरकको जिवनशैली छैन । आखिर कहाँबाट आयो एतिका सम्म्पति ? न त तिनीहरुसँग बाजे बराजुको बिरासतमा आएको सम्पती थियो, न त कुनै जागिर, न त कुनै ब्यापार ब्यवसाय । यति थोरै दिनमा उनीहरुको परिवर्तन कहाबाट सम्भव भयो ?

जसले यो देशको बिशाल भुखण्डलाई कहिले फिर्ता नहुने गरि हस्ताक्षर गरिदिएको छ, उसैले वर्तमानमा खोक्रो राष्ट्रवादको नारा ओकलेर सबैभन्दा ठुलो राष्ट्रवादी हुँ भनेर राजनीति गर्दैछ । हामी त्यहि रुपान्तरित राजनितिज्ञका दास र रैति भएका छौ । जसले हामी सम्पुर्ण जनातालाई भेडाको उपमा दिएको छन, जसले आफ्नो परिवार र परिवारवादको स्वार्थको परिपुर्तिको लागि ढोल बजाईरहेको छ, हामि नेपाली जनता त्यहि एकात्मक सोचको नश्लवादको सोचलाई स्विकार गरेर बाँचीरहेका छौ । हामी कति भाग्यमानी जनता एउटा परिवारले जनतालाई बिभिन्न बहानामा उक्साए। राजनीति गरेर देशमा तिनै भाई प्रधानमन्त्री भएको ईतिहास टुलुटुलु स्विकार गर्छौ र वर्तमानमा त्यसलाइ इतिहासको पानामा पढ्छौ र तिनीहरुलाई महान राजनीतिक परिवर्तनको नेता मान्छौ। राज्यको ढुकुटी रित्याएर अर्वपति नेता तथा नेतृहरु उपचार गर्दा हामी चुइँक्क सम्म बोल्न बोल्दैनौ, बरु बिहानै घाम झुल्किदै तिनीहरुको दैलोमा सलामी चढाउन हाजिर हुन्छौ । एउटा ज्योतिष बच्चाको नाममा करौडौ नामसारी भैइरहँदागिठा र भ्याकुर खाँदै कठयाङ्ग्रीएर मर्न बाध्य हुने नेपाली जनताको बारेमा केहि नगर्दा र नबोल्दा हामि टुलटुलती हेर्छौ ।

अब त मुलुक मनपरि गर्नेहरुको पोल्टामा थन्किसकिकेको छ । हाम्रो मुलुकको हरेक तह र तप्कामा राजनीतिक भागबन्डाको भाईरसले देशलाई क्यान्सरको बिरामी  बनाईसकेको छ । जनतालाई एउटै चिन्ता के छ भने के साँच्चिकै अब मुलुक स्वार्थि राजनीतिकर्मी हरुबाट निस्वार्थ जनताको पोल्टामा आउला त ? के नेपाली पौरखी युवाहरु अझै राजनीतिक दलको सदस्यतामा मात्रै सिमित रहलान् त? राजनीतिकर्मीहरु न्याय अन्याय फैसाला आफैले गर्ने , आफुले चाहेको अनुरुप नै मुकुल ब्यवस्थापन गर्न खोज्ने हो भने राजनीतिकर्मीको मुकुन्डो लगाएर देश र जनाताको नाममा राजनिति गर्नेहरु राजनितिककर्मी हुन कि भुईखुच्या ।

वर्तमान अवस्थामा देश कतातिर गै रहेको छ ? आज देशमा भ्रस्टाचार मौलाएको छ।  जनताले शान्ति सुरुक्षाको महशुष गर्न पाएका छैनन्। पीडितहरु पिडकबाट झनै पिडित छन् । सरकारको न्याय प्रणाली नै केहि ब्यक्तिहरुको हातमा फसेको छ । देशको उच्च ओहदामा बसेकाहरु नै भष्टाचारमा सम्मिलित हुँदा पनि सरकारले भ्रष्चाररीहरुलाई कानुनि प्रक्रियामा उभ्याउन सकेको छैन । देश काण्डै काण्डको खेल मैदान भएको छ। कहिले वाइडबडि काण्ड कहिले टेप प्रकरण काण्ड, कहिल एनसेल काण्ड, कहिले निर्मला, कहिले सुन काण्ड, कहिले लोकमान काण्ड, कहिले शालिकराम काण्ड त हालमा आएर सभामुख काण्ड। होइन यिनै उपलब्धिहरुको स्थापित गर्नको लागि जनताले त्याग, त्पस्या र बलिदानि दिएर लोकतन्त्र ल्याएको हुन र …?
देशमा वर्तमान अवस्थामा दुई तिहाईको शक्तीशाली सरकार छ, जुन सरकार नेपालको इतिहासमा सबै भन्दा बढि जनमत पाएर बनेको सरकार छ तर सरकारको रवैय हेर्यो भने सरकार सँग न नीति छ?  न कार्य भिजन छ ? न त सामर्थ्य छ ? खाली छ त कसरी जनतालाई ठुलो ठुलो गफ गरेर रनभुल्ल पार्ने निति। साँचिकै देश गाई चराउने गोठालोको हातमा र गाउँ घरमा दमन गरेर खाने लठेतहरुको हातमा गएको छ।लठेतहरुको दमनतन्त्र यति हावी भैइसक्यो कि हामी हेरेर पनि अन्धो भएर बाच्न बाध्य छौ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...