Wednesday 21st October 2026

कांग्रेस संसदीय दल नेताको उम्मेदवारी दर्ता समय परिवर्तन


तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वमा समितिले निर्वाचन कार्यतालिकामा हेरफेर गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज कांग्रेसले मतदाता नामावली सार्वजनिक गरिसकेको छ । यसअघि भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४–५ बजेसम्म मतदान हुने कार्यतालिकामा थियो । दिउँसो ३ बजे उम्मेदवारी दर्ता, ४ः४० मा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र ५ बजेपछि मतदान गर्ने कार्यतालिका ल्याएको छ ।दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...