Tuesday 16th December 2025

रोशनी शाहीको सुरक्षामा एक असई र प्रहरी खटाइयो


तितोपाटी-कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ।

शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दियो। उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन्। सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।

रोशनी शाहीले पनि बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेर जानकारी दिइकी छन्। उच्च प्रहरी स्रोतका अनुसार प्रहरीको एक टोली आज बिहान शाहीको कोठामा पुगेर थप अनुसन्धान गरेको थियो। हामी डे वानदेखि नै अनुसन्धानमा छौं,’ एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धानलाई मजबुत बनाउन हामीले पनि उनको कोठामा प्रहरी पठाएका हौं।’ मंगलबार अपराह्न पनि पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको थियो।
प्रहरी स्रोतका अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिसडाँडानजिक कोठामा गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको छ। कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए। महिलाको कोठाबाट बरामद भएका ती वस्तुको फिङ्गर टेस्टका लागि फरेन्सिक ल्याब पठाउने प्रहरीको योजना रहेको स्रोतले बतायो।

पछिल्लो समय ती महिलाले भने बयान फेरेकी छन्। उनले महराले आफूलाई बलात्कार गरेको नभई दुर्व्यवहार गरेको बताएकी छन्।

(सम्पादकीय नोट: पीडित शाहीले घटनापछि भिडिओमार्फत् सार्वजनिक रूपमा बोलिसकेकाले हामीले उनको नाम लेख्ने निर्णय गरेका छौं।)
साभार सेतोपाटी


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...