Monday 10th February 2025

कुवेतमा बिश्वकर्मा बाबाको पूजा भब्यताका साथ मनाइयो, दुई सस्थाको एकता, अध्यक्षमा गम बहादुर सुनार चयन


तितोपाटी – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत र बिश्वकर्मा समाज नेपाल कुवेतले सामुहिक बिश्वकर्मा बाबाको पूजा आराधना हिजो २० तारिख शुक्रबारको दिन कुवेत स्थित पपिन्स हलमा धूमधामका साथ मनाइएको छ । नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत र बिश्वकर्मा समाज नेपाल – कुवेत समायोजन भएर  बिश्वकर्मा एकता समाज नेपाल – कुवेतको स्थापना भएको छ । बिश्वकर्मा एकता समाज नेपाल कुवेतले गम बहादुर सुनारको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बिश्वकर्मा बाबाको पूजा आश्विन संक्रान्तिका दिन अर्थात असोज १ गतेका दिन मनाउनु पर्ने हो तर प्रवासमा छुट्टीको समयलाई मध्यनजर हिजो मनाइएको हो । बिश्वकर्मा कालिगढ हुन जसले  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो  । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।

कुवेतमा बिगत ३ वर्ष पहिले स्थापना भएका जातीय सस्थाको लामो समयको बृहत छलफल पश्चात्  समायोजनको बिन्दुमा पुगेको हो । कुवेतमा रोजगारीको सिलसिलामा नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका बिश्वकर्मालाई एकता गर्दै अगाडि बढ्ने जनाएको छ । सीप र कलाको धनी समुदायलाई अपमानित र अपहेलित दलित शब्द जबर्जस्त लादिएको छ । अब उक्त दलित शब्द परिमार्जन गर्नको लागि बिकल्प खोजिरहेको बताएका छन ।

उक्त कार्यक्रममा बिश्वकर्मा समाजका अध्यक्ष हितकाजी बिश्वकर्माको सभापतित्व रहेको थियो भने निर्वाचन प्रमुखमा नमुना बिश्वकर्मा समाजका अध्यक्ष भिम गदल रहेका थिए । जीवन सुनारले कार्यक्रम संचालन गरेका थिए भने रोल बहादुर बिश्वकर्मा पुजारी रहेका थिए । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावले अगर धुप जलाएर साथमा फलफुल सहित बिश्वकर्मा बाबाको  पुजा आराधना गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि लगायत महानुभावहरु लाई  स्वागत मन्तव्य द्वारा अनु लकान्द्रीले स्वागत गरेकी थिइन । भने अतिथि हिन्दु महासंघका भुतपुर्व अध्यक्ष टिकाराम आचार्य, चन्द्र बिश्वकर्मा, दिल श्रीपाली, कृष्ण सुनार, राजेन्द्र बिरही, शिव घमाल, रन रसाइली, टेक बिश्वकर्मा, भिम गदल, हितकाजी बिश्वकर्मा लगायतले मन्तव्य राखेको थिए ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष गम बहादुर सुनारले कार्यक्रम सफल पार्नको निम्ति उपस्थित सम्पुर्ण महानुभावलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कुवेतमा रहेका सम्पुर्ण बिश्वकर्माहरुलाई बिश्वकर्मा एकता समाज नेपाल कुवेतमा आबद्ध हुन पनि आह्वान गरेका छन ।


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...