Friday 23rd October 2026

कुवेतमा रहेका घरेलु कामदारले घर जान पाएनन्


तोयानाथ उपेक्षित – कुवेतमा रहेका घरेलु कामदारले यसपालीको दशैमा पनि घर जाने सिफारिस नपाउने अवस्था आएको छ । नेपाली दुतावासबाट छुट्टीमा घर विदामा जान सिफारिस माग्दै दुतावास पुगेर फर्किएकाहरु निरास छन । अनेकौ हतासा, निराशा र दुविधामा बर्षौ नोकरी छोड्न नसकेर घर जाने दिन कुरेर बसेका हजारौ कामदारहरु सरकारी निर्णयबाट प्राप्त खुशीलाई व्यहवारमा लागु नभईरहेको पाउदा यसको कारण खोजिरहेका छन ।

नेपाली राजदुतावास कुवेतका दितिय सचिव जानकी ओझाले तितोपाटीसँगको सवालमा भन्नुभयो ‘हामीलाई नेपाल सरकारबाट कुनै जानकारी प्राप्त भएको छैन । जब हामीले जानकारी पाउछौ तब जे सूचना जारी गर्न पर्ने हो गर्दछौ ।’ खाडीका अन्य देश ओमन, बहराईन र दुवई लगायतका राजदुतावासले सार्वजनिक सूचना जारी गरिसकेको अवस्थामा कुवेतलाई त्यस्तो कुनै सूचना मन्त्रालयले नपठाउने भन्ने त्यस्तो पनि हुन्छर ? थप प्रश्न हाम्रो थियो । उहाँहरुले कुन बेसमा सूचना जारी गर्नु भयो त्यो कुरा उहाँहरुलाई नै सोधे राम्रो होला तर हामीलाई त कुनै जानकारी छैन द्वित्तिय सचिव ओझाको जवाफ थियो ।

एनआरएन कुवेतका अध्यक्ष सुजन केसी सँग सम्पर्क राख्दा उहाँले पनि यहि जवाफ दुतावासबाट प्राप्त भएको बताउनु भयो ।

कुवेतमा लगभग २२००० घरेलु कामदार रहेका छन । खाडी राष्ट्र मध्ये सवै भन्दा धेरै घरेलु कामदार रहेको मुलुक मध्ये मा कुवेत पर्दछ । कुवेत नै धेरै घरेलु महिला कामदारको समस्या भएको देश पनि हो । नेपाल सरकारले सन २०११ बाट २०१४ त्यस पछि २०१६ बाट २०१७ को विचमा हाउसमेडको लागि आउने जाने स्वीकृति दिए पनि २०१७ बाट यो प्रक्रिया ठप्प छ । त्यस यता पनि विभिन्न देशको बाटो बाट कुवेत भित्रने घरेलु महिला कामदारमा कुनै कमी आएको पाइंदैन। यसरी विभिन्न देशबाट र नेपालबाट समेत सेटिङमा आएका हजारौ महिलाहरु विगत ३ बर्ष देखि नोकरी छोडेर घर जान सकिरहेका छैनन ।
घर राम्रो अनि काम र दाम राम्रो हुँदा उनीहरु छुट्टीमा जान पर्खेर बसेका छन तर नेपालको संसदिय समितीले गत महिना पूर्व निर्णय सच्याएको महिना दिन वितिसक्दा पनि कुवेतले सरकारको निर्णय प्राप्त गर्न सकेको छैन । यसले नजिकिएको नेपालीहरुको महान पर्व दशैमा घर जान चाहने सयौ घरेलु कामदारको खुशीमा तुसारो परेको छ ।

आपतकालिन पारवारिक अवस्थामा समेत नोकरी जाला भनेर छुट्टी जान नसकेकाहरु सरकारले गरेको पछिल्लो निर्णय यतिका दिन सम्म पनि दुतावास सम्म किन आईपुगेन ? दुतावासमा समाचार सुनेर सिफारिस लिन जानेहरु निरास हुदै किन फर्कनु परिरहेको छ? सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । खाडी राष्ट्रका अन्य देशका नेपाली नियोगले के आधारमा सूचना जारी गरे यो गंभिर सवालको जवाफ खोज्न पर्दछ । यदि नेपाल सरकारले उनीहरुलाई सूचना दिएर नै सिफारिस लिन आउनु भनिएको हो भने कुवेतले चाही परराष्ट्रबाट चिठ्ठी नपाउनुको कारण के हो? यो गंभिर सवालमा सवैको चासो बढेको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...