Saturday 8th February 2025

कुवेतमा अलपत्र २१ जना भोकभोकै पर्ने अवस्थामा


तोयानाथ उपेक्षित – विगत ६ महिना देखि तलब नपाएपछि गत १ महिना अघिबाट कामै छाडेर तलब माग गर्दै बसेका २१ जना नेपाली युवाहरु भोक भोकै बस्नु पर्ने कठिन अवस्थामा पुगेका छन । कुवेत स्थित एक फुड कम्पनीमा कार्यरत उनीहरु कुवेत स्थित मंगाफको व्लक नं १ मा रहेका छन ।

उनीहरु लामो समय देखि आवासिय भिषा समेत रिन्युवल नभएका कारण ईलिगल स्टाटसमा रहेका छन । यस्तो अवस्थामा प्रहरी कारबाहीमा कुनै पनि समय पर्न सक्ने सम्भवाना रहन्छ ।

कप्पनीले आवास छाड्न दवाव दिएको अवस्था एकातिर छ भने उनीहरुले न्यायका लागि सम्बन्धित न्यायीक निकायमा दिएको उजुरीको किनारा लाग्न कति समय लाग्ने हो कुनै ठेगान छैन । उदयपुर वेलका नगरपालिका ७ बस्ने उत्तर कुमार राई आफूहरु सँगै २ जना फिलिपिन्सका कामदार पनि रहेको बताउछन । उनी भन्छन ६ महिना पहिले पनि हामीले न्यायका लागि दूतावासमा उजुरी गरर्यौ र दूतावासको पहलमा रोकिएको तलब पायौ त्यसपछि फेरी तलब दिन बन्द भयो । कुनै प्रयास काम लागेन र काम नै छाडन बाध्य भयौ ।

शुरुका दुई महिना मात्र तलब समयमा पाए पनि त्यसयता केही महिना विराएर पाउने गरेको उनीहरुको भनाई छ । तर पछिल्लो पटक विगत ६ महिना देखि तलब नपाउँदा बाध्य भएर काम छाड्न परेको पीडितहरू बताउँछन । उनीहरु २२ महिना पहिले सन २०१७ को डिसेम्बर महिनामा कुवेत आएका थिए ।

बर्दिया बासघारी गाउँपालिका वडा नं ८ बस्ने अर्का पिडित कामदार टेक जंग शाह भन्छन हाम्रा अरु केही माग छैनन चाडो उद्धार होस, घर जान पाउँ । उनी भन्छन अव त भोक भोकै बस्न पर्ने स्थिती छ । खल्तीमा पैसा छैन, उदारो खाने पसलले पनि बाँकी दिन बन्द गरिसकेको छ ।

काठमाण्डौ बसुन्धारा स्थित ग्लोबल राईजिङ रिप्लेसमेन्ट सर्भिसबाट आएका उनीहरुले सो एजेन्सीका मालिक महेस बस्नेतसँग सम्पर्क गरिरहेको पनि बताए । रेस्पोन्स त ठिकै छ तर हामी विना खाना कसरी बस्ने ? तत्कालको आवस्यकता खाद्यान्न भईसकयो उनीहरु भन्छन । उक्त एजेन्सीले एक लाख भन्दा धेरै सवै जसोसँग पैसा लिएको उनीहरु बताउँछन । तलब भने उनीहरुको १२५ तोकिएको रहेछ ।

पीडितहरुको टोलीलाई एनआएन कुवेतले भेटी उनीहरुको न्यायको लागि नेपाली राजदूतावास कुवेत समक्ष सहजीकरण भुमिका निभाउदै आएको छ । हिजो नेपाली दूतावास कुवेतमा पीडितलाई छिटो कसरी उद्धार गर्न सकिन्छ भनी छलफल भएको थियो । मुद्धा न्यायीक निकायसम्म पुगेकोले केही जटिल भएको अध्यक्ष सुजन केसीको भनाई थियो । उनीहरुको खानपिनको व्यवस्था कसले र कसरी गर्ने ? कम्पनीले आवासबाट बाहिर  निकालेको अवस्थामा के गर्ने ? आदि ईत्यादि विषयमा एनआरएनले राजदूतावाससँग छलफल गरेको बताईन्छ । दूतावासको पहल नै मुख्य र अन्तिम हुने भएकाले हामीले कसरी सहयोग गर्न सक्छौ छलफलमा छौं केसीको भनाई थियो ।

यसैगरी नेपाली दूतावास कुवेतको हटलाईन फोनमा कुरा गर्दै द्वित्तीय सचिब जानकी ओझाले पीडितलाई के कसरी उद्धार गर्न सकिन्छ भनेर हामीले कम्पनी र कामदार विचमा त्यसैगरी उनीहरुलाई कुवेत पठाउने एजेन्सीको विचमा नेगोसिएसनको प्रयास गरिरहेका छौँ उहाँको भनाई छ ।

न्यायीक निकायमा मुद्धा चलिसकेको अवस्थामा यसलाई टुंगो लगाएर फिर्ता पठाउने काममा दूतावासको पहल भईरहेको भए पनि यसलाई छिटो गरियोस भन्ने माग पीडितहरुको छ । यसैगरी तत्काल खानका लागि कसले व्यवस्था गर्ने भन्ने सवाल खडा भएको देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...