Friday 6th March 2026

चौथो अधिवेशन सम्पन्न संगै, अध्यक्षमा पुन: माधव पौडेल


तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवौं बार्षिक उत्सव तथा चौथो अधिबेशनबाट अध्यक्षमा पुन माधव पौडेल चयन भएका छन् ।

( २३ अगस्ट) सुक्रवारका दिन कुवेतको फर्वानिया स्थित अडीटोरियम हलमा रहेको उक्त कार्यक्रम अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथि एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ राई रहेका थिए भने कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन माधव शर्माले गरेका थिए भने स्वागत मन्तव्यमा इन्द्र थापा रहेका थिए। त्यस्तै प्रमुख अतिथि, बिशेष अतिथि तथा अतिथिहरुबाट दिप प्रज्वलन गर्दै केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि राजदुत भण्डारी, बिशेष अतिथि एनआरएनए अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ, अतिथिहरु पत्रकार महासंघका उपाध्यक्ष नबराज पन्थी, आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, माउन्ट एभरेष्ट क्लब अध्यक्ष इन्द्र पोखरेल, परदेशी खबरका प्रधान सम्पादक नैनकला राई, संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार बीबी मल्ल ठकुरी, सांस्कृतिक मंचका अध्यक्ष गोबिन्द बराल र जनजागृति युवा समाजका अध्यक्ष टिकाराम आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा भगवान कृष्णको पुजा गरि कृष्णजन्माष्टमी मनाउदै लालीगुराँस सांस्कृतिक परिवारका कलाकारहरुको टिमले लाखे नाचको प्रस्तुत गरेका थिए ।

संस्थाले कुवेतमा उत्कृष्ट उद्घोषण गर्ने सुरेश ग्याबा तामाङ, माधब शर्मा र भुवन सुवेदीलाई सम्मान गर्नुको साथै गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा निर्वाचित भएका अमित राईलाइ खादा ओढाएर सम्मान गरेको थियो । त्यस्तै ५ जना महिलाहरुलाइ उपहारस्वरुप तिज कोसेली प्रदान गरिएको थियो । कार्यक्रमको दोश्रो चरणमा पुरानो कार्यसमितिलाई बिघटन गरेर पुनः माधव पौडेलको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो ।

संरक्षक -बि बि मल्ल, राजेन्द्र बिरहि, अरुण लिम्बू, आस्मा राई, अमित चाम्लिङ, ललिता थापा, सोम रसाइली, उमेश पुडासैनी बरिष्ठ सल्लाहकार – प्रेम कटुवाल, सुरेश ग्यावा तामाङ, सल्लाहकार– मुक्त बहादुर बि।क, डि बि भुसाल, भोलानाथ पाण्डे

नयाँ कार्यसमिति

अध्यक्ष – माधब पौडेल,उपाध्यक्ष – बिस्नु सुनार, महिला उपाध्यक्ष – सपना थापामगर, महासचिव – बाबू मल्ल ठकुरी,सचिव – ललित बि।क कोषाध्यक्ष – मधुसूदन न्यौपाने, सह-कोषाध्यक्ष – सुरेश सेन्चुरी, प्रवक्ता – ईन्द्र थापा मगर, महिला संयोजक -पवित्रा दाहाल
सदस्य – मन नारायण श्रेष्ठ, रवि परियार, नसिव रायन, प्रिन्स रसाइली, दिपक पोखरेल, सन्त लम्साल, निर्मल लामा, रोशनि परियार


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...