Thursday 18th June 2026

सेप्टेम्बर ५ तारिख नेपाल र कुबेत बिच फुटबल खेल हुदै


तितोपाटी- विश्व कप फुटबलको  क्वालीफाईल खेल अन्तर्गत नेपाल र कुवेत बिच ५ २०१९ को दिन  कुवेतमा हुने भएको छ । २०२२ मा कतारमा हुने विश्व कपको क्वालिफाई खेल कुवेत र नेपाल बिच शेख जाबेर अहमद स्टडियममा सेप्टेम्बर ५ बिहिबारका दिन बेलुका ७।४५ बाट हुने भएको छ  । २३ जना खेलाडी र १३ अफिसियल टोली सहित ३६ जनाको नेपाली टिम १ सेप्टेम्बरका दिन फ्लाई दुबईको बिमानबाट कुवेत आउने भएका छन् ।
नेपाली दर्शकहरुलाई मध्यनजर गर्दै खेल हेर्ने सुविधाको लागी फुटबल मैदान प्रवेश टिकट निशुल्क वा शुल्क सहुलियतमा मिलाउन कुवेत फुटलबल संघ गैरआवासिय नेपाली संघ,नेपाली दुतावास र नेपाल फुटलब संघ बिच छलफल भईरहेको कुरा एन आर एन ए कुबेतका अध्यक्ष सुजन केसीले बताएका छन । गैर आवासिय नेपाली संघ कुवेतले नेपालीहरु फुटबल खेललाई माया गर्छन र उनीहरु मैदानमा आएर खेल हेर्न चाहान्छन तर यहका नेपाली श्रमिकहरु निम्न आय स्रोत भएकोले बिना टिकट खेल हेर्ने ब्यबस्था मिलाई खेलप्रेमी नेपालीहरुको लागी सो सुविधा उपलब्ध गराइ दिनहुन फूटबल संघ सँग आग्रह समेत गरेको छ । साथै गैरआवासिय ने

पाली संघ कुवेतले नेपाली टिमको लागि आवश्यक सामाग्रि र बस्न खानको लागि होटेल खोज्ने कार्य गरिरहेको बुझिएको छ ।
विश्व कप छनोटको दोश्रो राउण्ड नेपाल कुवेत, अस्ट्रेलिया, जोर्डान र चाईनिज ताइपेको बिच खेल हुनेछ। कुवेत १९८२ मा विश्व कप खेलेको टिम हो भने १९८० को एसिया च्याम्पियन पनि हो । पटक- पटक गल्फ कप जितेको कुवेत राम्रो टिम मानिन्छ । नेपाली टिम म्यानेजार मधुसुधन उपाध्याले गैरआवासिय नेपाली सघ कुवेत, कुबेत स्थित  नेपाली संघ संस्थाहरुलाई खेललाई उत्साहपुर्वक  सहभागी हुन् र आवश्यक सहयोगको अपेक्षा सहित धेरै भन्दा धेरै दर्शकलाई खेल मैदानमा उपस्थित हुन समेत अनुरोध गरेका छन ।

सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...