Wednesday 18th February 2026

जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय


तितोपाटी- विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा सत्तारुढ नेकपा र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्।

हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका हुन्।यो खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले लेखेका छन्। शिक्षा कार्यालयले रुपाकोट विद्यालयको नयाँ भवनका लागि बजेट दिने भएपछि उपभोक्ता समिति गठन भएको थियो। उपभोक्ता समितिको नेतृत्वमा तत्कालिन एमाले निकट थिए। समितिले नयाँ भवनका लागि नयाँ ठाउँमा जग्गा पनि व्यवस्थापन गर्यो।

तर, शिक्षा कार्यालयले भवन निर्माणको १९ लाख बजेट विद्यालय व्यवस्थापन समितिले परिचालन गर्नेगरी विद्यालयको खातामा हालिदियो।व्यवस्थापन समितिको नेतृत्वमा कांगेसनिकट व्यक्ति थिए। बजेट उपभोक्ता समितिलाई नआएपछि नेकपा पक्षले आपत्ति जनायो। त्यहिबाट विवाद सुरु भयो, र विद्यालय फुटाइयो। हाल नेकपा पक्षधर भवनमा ९१ र कांग्रेस पक्षधर भवनमा ९५ विद्यार्ली अध्ययनरत छन्। गाउँको विद्यालयमा राजनीति लडाइँ चलेपछि ६० विद्यार्थी विद्यालयबाट बाहिरिएर अर्को विद्यालय गएका छन्।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...