Monday 29th December 2025

नवलपरासी समाज जापानले “तीज धमाका” गर्दै


बिश्वास आचार्य, टोकियो- हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने भएको  छ ।

नवलपरासी समाजले आउदो अगस्ट २६ तारिख जापानको टोकियो स्थित  नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने निर्णय गरेको छ उक्त तिज कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर र सुनिता दुलाल सगै जापानमा रहेर गित संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का, सुशील ज्ञवाली,चेतन घर्ती , समुन्द्र राज पौडेल ,गायिका सोना के.सी,निशा क्षेत्रीको जोडदार प्रस्तुति रहने आयोजक जनाएको छ ।

कार्यक्रमलाई भव्य, सब्य र व्यवस्थित बनाउनका लागी बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।कार्यक्रमको तयारी जोडदार रुपमा चलिरहेको नवलपरासी समाज जापानका सचिव ऋषिराम पौडेलले जानकारी दिएका छन । जस्तो सुकै अफ्ठेरो परिस्थिती आए पनि कार्यक्रम भव्य र सब्य हुनेमा ढुक्क रहेको नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेल र संयोजक गिता कंडेलले बताउदै टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रममा उपस्थीत भई कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गरिदिनु हुन् अनुरोध समेत गरेका छन ।

स्मरण रहोस् नवलपरासी समाज जापाले जापान सगैं नेपालको बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...