Wednesday 30th September 2026

तनहुँमा डेङ्गुका बिरामी भेट्टिए


तितोपाटी- तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीका एक किशोरमा डेंगुको संक्रमण देखिएको छ । ज्वरो बिरामी स्थानीय १५ वर्षीय किशोरको परीक्षण गर्दा डेंगु भेटिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य सहायक नवराज गौतमले जानकारी दिए ।

उनी शुक्रबार परीक्षणका लागि अस्पताल आएपछि पोखरा पठाइएको थियो । पोखरामा स्वास्थ्य परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण भेटिएको गौतमले बताए । दमौली अस्पतालमा भर्ना भएका ती किशोर पाँच दिनसम्म स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि पोखरा पुगेका थिए । उनको हाल पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

हाल अरुमा शंक्रमणको आशंका नगरिए पनि लामखुट्टेको टोकाईबाट फैलने संक्रमण नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्ने र सचेतनाका उपाय अपनाउने गौतमले जानकारी दिए।

साभार अन्नपुर्ण


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...