Monday 4th May 2026

छुवाछूत घटनामा पीडितलाई मिल्न दबाब


तितोपाटी- पानी छोएको निहुँमा कुटपिट गरिएको विषयमा मेलमिलाप गर्न जनप्रतिनिधि र पार्टीका स्थानीय नेताले दबाब दिएको पीडितको परिवारले गुनासो गरेका छन् ।

नारायण नगरपालिका–१०, भवानीकी ३५ वर्षीया लक्षिमा कामीलाई गत वैशाख ११ मा सार्वजनिक धारामा पानी छोएको भन्दै २४ वर्षीया राजकुमारी न्यौपानेले हँसिया प्रहार गरेकी थिइन्। लक्षिमाको टाउको, छाती, ढाडमा चोट लागेको थियो।उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो।

घटनालगत्तै जातीय विभेद मुद्दा दर्ता गराउन जाँदा राजनीतिक दलका नेता र जनप्रतिनिधिले जाहेरी रोक्न दबाब दिएको पीडितकी आमा पवित्राले बताइन्। उनले छोरीको मानसिक अवस्था कमजोर बन्दै गएको बताइन्। ‘मुद्दा मिलाउन धेरैले विभिन्न लोभलालच देखाए,’ उनले भनिन्, ‘कैद हुने अवस्था नगराइदेऊ, बरु खर्च तिराउने व्यवस्था मिलाउँछौं भन्दै पार्टीका धेरै नेता आए।’पवित्राले न्यायका लागि सबैतिरबाट असहयोग भएको दुःखेसो गरिन्।

घटना भएको ४ महिना बित्दा पनि दोषीलाई कारबाही नभएको भन्दै अधिकारकर्मीले आपत्ति जनाएका छन्। ‘जातीय विभेदमा परेकी पीडितलाई न्याय दिलाउन सरोकारवाला मौन हुनु आपत्तिजनक छ,’ अधिकारकर्मी अमर सुनारले भने। वडाध्यक्ष लोकबहादुर थापाले लक्षिमाले न्याय पाउने दाबी गरे। आरोपी राजकुमारी फरार रहेकाले खोजी र अनुसन्धानको काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

प्रतिकृयाहरू
...