Friday 14th August 2026

२ करोड ठगी आरोपमा दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष श्रेष्ठ पक्राउ


तितोपाटी- दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्।इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

मनोजले विश्वराम श्रेष्ठसँग लिएको २ करोड रुपैयाँ तिर्न भनेर दिएको चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा उजुरी दिएका थिए। विश्वरामको उजुरीपश्चात् श्रेष्ठ फरार भएका थिए।

फरार श्रेष्ठलाई पक्राउ गर्न गत माघ १५ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको थियो। इन्टरपोल माइन्ट डिभाइसका आधारमा उनी सोमबार पक्राउ परेका हुन्। कारबाहीका लागि श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हङकङबाट क्याथे ड्रागनको उडानमार्फत नेपाल आएका उनलाई पक्राउ गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...