Thursday 5th February 2026

सरकारले मानव तस्करी रोक्ने एप्स सञ्चालन गर्ने


तितोपाटी- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हुने संगठित अपराध नियन्त्रण गर्न एप्स प्रयोग गर्ने भएको छ । त्रिभुवन विमानस्थलभित्र हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालयले नेपाल पोर्ड नामक एप्स ल्याउन लागेको हो ।

विमानस्थलबाट विभिन्न समयमा अपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै मन्त्रालयले नियन्त्रणका लागि नेपाल पोर्ड नामक एप्स कार्यान्वयमा ल्याउने योजना अघि सारेको हो । समग्र एयरपोर्टको संस्थागत सुधारका लागि एप्स महत्वपूर्ण हुने गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले बताए । सचिव राईले भने, “एप्स प्रयोगबाट त्रिभुवन विमानस्थमा बेला बेलामा भईरहेका अपराधिक क्रियाकलाप नियन्त्रणमा आउँछ । अपराधिक क्रियाकलापमा एयरपोर्टका कर्मचारीहरुको संलग्नता बढ्दै गएकोले यस एप्स मार्फत एयरपोर्टबाट हुने सम्पूर्ण अपराधिक गतिविधिमा नियन्त्रण आउने छ ।” अन्य देशमा यो एप्स लागू भइसकेको जानकारी दिँदै नेपालको त्रिभुवन एयरपोर्टमा पनि केहि दिनभित्र एप्स सञ्चालनमा आउने सचिव राईले बताए ।

विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रुहरुको सम्पूर्ण विवरण एप्स मार्फत रजिस्टर हुने छ । जसमार्फत अपराधिक क्रियाकलापमा नियन्त्रण आउने छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी बढ्दै गएपछि गृह मन्त्रालय गम्भीर भएको हो । मानव तस्करी लगायत एयरपोर्टबाट हुने अपराधिक क्रियाकलापलाई रोक्न गृह मन्त्रालय लगायत श्रम, अध्यागमन र एयरपोर्टको युनिट संगठित भएर लागेको गृह मन्त्रालयले जनाएको छ । एयरपोर्टको संस्थागत सुधारको लागि गृह मन्त्रालयले नेपाल पोर्ड नामक एप्ससञ्चालनमा ल्याए सँगै एयरपोर्टबाट हुने अपराधि क्रियाकलाप शून्यमा झर्ने दावि गरेको छ ।
-साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...