Sunday 26th April 2026

स्वः भागिरथ चापागाइको सहयोगार्थ उठेको रकम आमा र श्रीमतीलाइ पठाउने


तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेत साथै कुवेतको नेपाली समाजका अग्रज बुद्धिजीवि, समाजसेवी संघ सस्थाका प्रतिनिधि पत्रकार लगायतको विशेश भेलाले स्वर्गीय भागिरथ चापागाई सहयोग अभियान मार्फत संकलित रकम उनकै श्रीमती र आमाको नाममा पठाउने निर्णय गरेको छ । बुधबार कुवेत सिटी स्थित एसिया एसियाको सभाहलमा भएको उक्त भेलाले सडक दुर्घटनामा परि धन्नै २९  महिना देखि कुवेको आदान अस्पतालमा उपचाररत रहि उपचारको क्रममा निधन भएका नवलपरासी जिल्ला बर्दघाट निबासी भागिरथ चापागाईको नाममा संकलन गरिएको रकम उनकै परिवारजनलाइ नै प्रदान गर्ने निर्णय गरिएको हो ।

अर्धचेत अबस्थामा लामो समयदेखि अस्पतालको शैय्यामा रहेका स्वर्गिय चापागाइकाे गत हप्ता निधन भएको थियो । लुम्बिनी समाजका तत्कालीन महासचिव एवं निबर्तमान अध्यक्ष रुपेन्द्रबिक्रम हमालले संयोजकत्वमा भागिरथको उद्दारको लागि अभियान चलाई ३६४२केडि ५०० फिल्स संकलन भएको थियो । त्यस मध्ये सोही रकमलाई आज भएको भेलाले भागिरथको शब पठाउन ३५० केडि, श्रीमतीको हवाई टिकटको लागि ८९ केडि र नेपालमा काजक्रिया खर्चको लागि २७७ केडि ८१० फिल्स  गरि ७१६.८१०  खर्च भैसकेको र बाँकी रहेको जम्मा २९२५केडि ६९० फिल्स स्वर्गीय भागिरथ चापागाईंको आमा र श्रीमतीको लागि दामासाहीले १४६२ केडि ८४५ फिल्सको दरले निजहरूको ब्यक्तिगत खातामा बराबर पठाईदिने निर्णय गरेको हो ।

लुम्बिनी समाजका संरक्षक राम बस्नेत, खोप गुरुङ र राजु कार्कीको पहलमा समाजका कार्यबाहक अध्यक्ष रमेश नेपालीकाे सभाध्यक्षतामा भएको बिशेष भेलामा उपस्थित सबैले जसको नाममा उठाएको पैसा उनैको परिवारलाई पठाउनु पर्ने सुझाव  सल्लाह दिए अनुसार उक्त निर्णय गरिएको हो ।

भेलामा एन आर एन ए कुवेतको तर्फबाट सुजन केसि, अमित राई, सुमित्रा पौडेल, हरि लावती, उमेश पुडासैनी, पत्रकार महासंघको तर्फबाट हरिकृष्ण न्याैपाने, जिफन्ट सपोर्ट ग्रुपका गणेश रावत माउन्ट एभरेस्ट क्लबका ईन्द्र प्रसाद पोख्रेल, जनजागृति युवा समाजका टीकाराम आचार्य, सरोकार समाजका  राम बहादुर तामाङ, झापाली समाजका लोमस बास्तोला, समाजसेवी राम लामा घलान, धुर्व कुमार संग्राैला, कुबेतनेपालका डम्बर प्रसाद रिमाल, आरडी कृयसनका दिल कुमार पाख्रीन, तितोपाटीका राजन श्रेष्ठ, हिमाली संचारका हरि बानिया, मनोकामना मिडियाका बिजय लामा लगायतका लुम्बिनी समाजको कार्य समितिका पदाधिकारीहरूको उपस्तिथि रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...