Tuesday 8th September 2026

स्वः भागिरथ चापागाइको शब नेपाल पुर्याइ त्रिवेणी घाटमा दाह संस्कार गरियो


तितोपाटी – एक सडक दुर्घटनामा परि अढाइ वर्ष भन्दा लामो समयदेखि अस्पतालको शैय्यामा अर्धचेतन अबस्थामा उपचाररत रहि उपचारकै क्रममा २ हप्ता अगाडि निधन भएका बर्दघाट – १२ नवलपरासीका स्वः भागिरथ चापागाइको पार्थिब शरीर नेपाल पुर्याइ नेपाल स्थित त्रिवेणी घाटमा दाह संस्कार कार्य सम्पन्न भएको छ ।

स्वः चापागाइको पार्थिब शरीर हिँजो राती १०ः३५ बजेको कतार एयरवेजको उडानबाट नेपाल पठाइएको थियो भने अाज बिहान ११ बजे त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । शब स्वः चापागाइका भाइले बुझिलिइ जन्मथलोमा रहेको त्रिवेणी धाममा साँझ ७ बजे शब पुर्याइएको थियो भने रात साँझ गरेर अाज नै दाह संस्कार कार्य सम्पन्न भएको स्वः चापागाइका भाइ दान प्रसाद चापागाइले तितोपाटी डट कम लाइ जानकारी दिए ।

 


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...