Sunday 28th December 2025

कुवेतवासी नेपालीले गरे बुद्ध लामा र सरस्वती भुजेल लाई भव्य स्वागत


तीतपाटी- नुवाकोट धादिङ्ग रसुवा समाज कुवेतद्वारा भोलि शुक्रवार कुवेतमा आयोजना गरको बृहत सांगीतिक धमाका २०१९ कार्यक्रममा आफ्नो प्रस्तुती दिन नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कुवेत आइपुगेका छन्।

उक्त कार्यक्रमका लागि प्रथम नेपाल आइडलका बुद्ध लामा र अहिलेकि हट एन्ड चर्चित मोडेल तथा लोक पप, गायीका सरस्वती भुजेल हिजो बेलुका कुवेत आईपुगेका छन्। उक्त सांगीतिक धमाका कार्यक्रममा उनीहरुको विशेष प्रस्तुती रहने भएको छ भने स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ। बृहत सांस्कृतिक धमाकाको लागि चर्चित कलाकार बुद्ध लामा र सरस्वती भुलेलाई बुधवार कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आयोजक टिम र कुवेतस्थीत कार्यरत नेपालीले भव्य स्वागत गरेका थिए।

कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन कुवेतमा रहेका सामाजिक सङ्सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा कुवेतमा कार्यरत सपुर्ण नेपालीहरुलाई आयोजकले बिनम्र आग्रह समेत गरेको छ।कार्यक्रम ठिक दिनको ११ बजे देखि सुरु हुनेछ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...