Tuesday 18th August 2026

लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको चौथो अधिवेशन हुदै


तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको नवौ वार्षिकउत्सव तथा चौथो अधिवेशन आगामी अगष्ट २३ तारिख शुक्रवारको दिन अडिटोरियम हल फर्वानियामा हुने भएको छ भने साथमा श्री कृष्ण जन्म अष्टमी पुजा गर्ने भएको छ।

स्थापना काल देखि समाजले सामाजिक सेवाका साथै अन्तरिक विकास, कला, सस्कृति, र परम्पराहरुलाई प्रवासबाट भएपनि संरक्षण गर्नको लागी पहल गर्ने उदेश्य बोकेर स्थापित लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले आजको अवस्था सम्म आफ्नो उदेश्यलाई कायम राख्दै कुवेतका विभिन्न सांस्कृतिक कार्यक्रम हरुमा महत्वपूर्ण भूमिका निभाउदै आएको छ।

कार्यक्रम भब्यताका साथ सम्पन्न गर्नका लागी उक्त समाजको हुन् गैरहेको चौथों अधिवेशन मार्फत नयाँ नेतृत्व चयन लगायत भावी कार्यहरू समेत तय गरिनुका साथै अधिवेशनलाई भव्य रूपमा सफल बनाउन कुवेतमा कार्यरत सम्पूर्ण सामाजिक, वैचारिक, धार्मिक, जातीय तथा क्षेत्रीय सङ्घ-संस्था हरूका अध्यक्ष तथा प्रतिनिधिहरूलाई उपस्थितिको लागि समाजले अनुरोध गरेको छ।

कार्यक्रमको विवरण
आयोजक :लालीगुराँस सांस्कृतिक परिवार कुवेत
मिति : २३ अगष्ट २०१९ शुक्रबार
स्थान :अडिटेरियम हल फर्वानिया

दशैँ कार्यक्रम बारे

त्यस्तै सोहि समाजले नेपालीहरुको महानपर्व विजया दशमीको अवसरपारि आयोजना गर्न लागेको दशैँ धमाका कार्यक्रममा नेपाल बाट अतिथि कलाकार-जनगायक जीवन शर्मा, र हास्या कलाकार जितु नेपाल मुन्द्रे, लगायतको उपस्थितिमा भव्य कार्यक्रम गर्न लागेको छ।

रक्तिमका प्रस्तुती प्रदशन गरे पनि जनगायक शर्मालाई पहिलो पटक कुवेत ल्याउन लागेको बताउदै कुवेतमा कार्यरत श्रमजीवी सम्पूर्ण नेपालीलाई उपस्थितीका लागि अध्यक्ष माधव पौडेलले अनुरोध गरेका छन। जनप्रगतीशिल गायक शर्माका धेरै जसो गीत ‘सीमली छायामा बसी भरिया लामो सास फेरेको”मधेसी , पहाडी, हिमाली हामी सबै नेपाली’ यस् पाली त यस्तै भो आमा अर्को साल आउने छु दसैंमा’ जस्ता कर्णप्रिय गीत गाएर जनताका प्रिय बनेका छन । विभिन्न देशमा कार्यरत मजदुरहरु संग भेटघाट गर्दै मजदुरका आफ्नै भोगाइलाई गिती भाका मार्फत पस्किएका शर्मा परदेशमा कार्यरत धेरै मजदुरका प्रीय बनेका छन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

प्रतिकृयाहरू
...