Sunday 14th June 2026

आदिवासी जनजाति महासंघ कुवेतले २५ औ विश्व आदिवासी दिवस मनाउने


तितोपाटी- कुवेतमा यस वर्ष पनि आदिवासी जनजाति महासंघ कुवेतले ’ २५ औ विश्व आदिवासी दिवस कार्यक्रम भब्यताका साथ मनाउने तयारी शुरु गरेको छ । बिगत वर्षको भन्दा केहि फरक तरिकाले कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्नको लागि यस कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी संघका महासचिव मन्जित राईले जानकारी गराएका छन्।

“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मुल नाराका साथ आदिवासी जनजाति महासंघ कुवेतले “२५औं बिश्व आदिवासी दिवस” भव्यताका साथ मनाउन लागेको हो ।

आयोजक आदिवासी जनजाति महासंघ कुवेतले कुवेतमा रहेका सम्पुर्ण आदिवासी जनजाति, नेपालि दाजुभाइ तथा दिदीबहिनीहरु लाइ ९ अगष्ट २०१९ शुक्रबारको दिन समय दिउस १२ बजे युनिक अडिटोरियम हल फर्वानियामा, आ-आफ्ना संस्कृति झल्काउने भेषभूषा पहिरनको साथ उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

आयोजक आदिवासी जनजाति महासंघ कुवेतले यसै समाचार मार्फत कुवेतमा रहेका सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदीबहिनी ,मिडियाकर्मी , कुवेत स्थित सम्पूर्ण संघ सस्थाहरु राजनैतिक पार्टीका भातृ सगठन तथा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली समुदायमा यसै सुचना मार्फत गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । उक्त कार्यक्रममा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति तथा नेपालि मौलिकता झल्काउने नृत्यको पनि  प्रस्तुति रहने भएको छ।

कार्यक्रमको विवरण

मिति : ९ अगष्ट २०१९ शुक्रबार

समय : दिनको ठिक १२ बजे

स्थान : युनिक अडिटोरियम हल फर्वानिया कुवेत

आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

प्रतिकृयाहरू
...