Wednesday 26th November 2025

यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो


काठमाडौँ -नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।

धावनमार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।

ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

प्रतिकृयाहरू
...