Sunday 14th June 2026

कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु


तितोपाटी – कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिक को हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि देखि उच्च रक्तचापको कारण उपचारार्थ फरवानिया अस्पतालमा भर्ना भइ उपचाररत रहेका थिए ।

मृतक तारा बहादुरलाई ब्लड प्रेसरले टाउकोमा असर पारेको उपचार संलग्न डाक्टरले बताएका छन् । सन् २००८ मा कुवेत आएका तारा बहादुर हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएका थिए ।

घटना बारे कुवेत स्थित नेपाली दुतावासलाई जानकारी गराइ सकिएको र दुतावासले मृतकको बारेमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर क्षतिपूर्तिसहित शवलाई छिटोभन्दा छिटो नेपाल पठाउन पहल गर्ने आश्वासन दिएको छ । मृतक तारा बहादुरको घरमा वृद्ध बाबुआमा, श्रीमती र दुई छोरा रहेको छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

मध्यपूर्वमा जारी तनाव र इरान–पश्चिमी शक्तिहरूबीचको टकरावबीच पछिल्ला महिनाहरूमा देखिएका ड्रोन तथा मिसाइल घटनाले नयाँ राजनीतिक प्रश्नहरू जन्माएका छन्। विभिन्न…

प्रतिकृयाहरू
...