Saturday 27th December 2025

विदेशको मोह देखाएर ४ करोड बढि ठग्ने पक्राउ


तितोपाटी- विदेश पठाई दिने भन्दै चार करोड भन्दा बढि ठगि गरेको अभियोगमा वैदशिक रोजगार व्यबसायिक छबिलाल कुमार राई पक्राउ परेका छन सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेसका संचालक राइले माल्टा पठाउने भन्दै चार करोड बढी ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो।

सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ युवाबाट लाखौँका दरले पैसा लिएको प्रहरीले बताएको छ ।युवासँग पैसा लिएपनि विदेश नपठाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए ।

यस अघि पनि पक्राउ परेका राइले बसुन्धरामा रहेको इशान अस्पताल पछाडी नाम नभएको कार्यालय खोलेर ठगि धन्दा चलाइरहेको बेला उनलाई पक्राउ गरि बैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...