Tuesday 6th October 2026

विदेशको मोह देखाएर ४ करोड बढि ठग्ने पक्राउ


तितोपाटी- विदेश पठाई दिने भन्दै चार करोड भन्दा बढि ठगि गरेको अभियोगमा वैदशिक रोजगार व्यबसायिक छबिलाल कुमार राई पक्राउ परेका छन सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेसका संचालक राइले माल्टा पठाउने भन्दै चार करोड बढी ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो।

सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ युवाबाट लाखौँका दरले पैसा लिएको प्रहरीले बताएको छ ।युवासँग पैसा लिएपनि विदेश नपठाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए ।

यस अघि पनि पक्राउ परेका राइले बसुन्धरामा रहेको इशान अस्पताल पछाडी नाम नभएको कार्यालय खोलेर ठगि धन्दा चलाइरहेको बेला उनलाई पक्राउ गरि बैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...