Sunday 28th December 2025

भिजिट भिसामा झुक्किएर पनि युएई नआउनु – केदार घिमिरे


तितोपाटी – धरानका केदार घिमिरे हामीसँग अबुधाबीमा भेटिए। त्यहाँ हामीले उनको वैदेशिक रोजगारीको बारेमा छोटो कुराकानी गर्‍यौँ।

उनी सुरुमा ट्याक्सी चालकको रूपमा गएका थिए। अनुभव थिएन। मात्र विदेश जान्छु भन्ने सोच थियो।

त्यहाँ ३ वर्ष काम गरे। अबुधाबीको तातो घाममा दिनभर दौडिनुपर्थ्यो। घरीघरी वरपरको धुलो उडाएर बाटोमा भरिन्थ्यो। आफ्नो भविष्यको खोजीमा आएका उनको अगाडी त्यो ठुलो चुनौती थियो। अग्ला भवनहरू बिचमा काटिएको बाटोमा त्यस्तै अग्ला सपनाहरूले उनलाई डोराउँथे। घरको याद आउँथ्यो।

३ वर्ष ट्याक्सी दौडाएपछि उनले काम परिवर्तन गरे। अनुभवले हिम्मत थप्दै गएको थियो। त्यसपछि अमेजन कम्पनीमा काम गर्न थाले। त्यहाँ २ वर्ष काम गरे। अनुभव बटुलेपछि फेरी अमेरिकाको मल्टिनेसनल कम्पनीमा गए। २ वर्षदेखि अहिले उनी त्यहिँ नै काम गरिरहेका छन्। अनुभव बढ्दै जाँदा तलब पनि बढ्दै जाने उनको अनुभव छ। यस्तै नयाँ नयाँ अवसरहरू यत्रतत्र भइराख्ने भएकाले त्यसलाई खोज्न आफै लाग्नुपर्ने उनको बुझाइ रहेको छ। आखिर आफूले पाउन लायक काम रहेछ भने किन नगर्ने?

नेपालबाट पहिलोपल्ट काम गर्नको लागि यूएई जान चाहनेहरूलाई उनी भिजिट भिसाबाट नआउन सुल्झाउँछन्। भन्छन् ‘सकेसम्म म्यानपावर कम्पनीमार्फतनै गर्न लागेको कामको बारेमा जानकारी लिएर आउनु। यहाँ भिजिट भिसामा आएर काम खोज्न गाह्रो छ।’ यस्तै हातमा केही सिप लिएर मात्र आउन पनि उनी सुझाउँछन्।

उनीसँग गरिएको कुराकानी हेर्नलाई यो लिंक https://www.youtube.com/watch?v=zY37SvdQZc0 मा जानुहोस्।

साभार- शुभयात्रा


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...