Tuesday 5th May 2026

निशान भट्टराइको साथमा अन्तर्राष्ट्रिय कलाकार मञ्चको सांगीतिक कार्यक्रम सम्पन्न


तितोपाटी – अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो।

मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेलको प्रमुख आतिथ्यता, पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्याैपानेको विशेष आतिथ्यता र कुवेतमा कृयाशिल सम्पूर्ण संघ सँस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार,कलाकार,खेलाडी,लगायत कुवेतबासी नेपालीहरूको आतिथ्य उपस्थितिमा दीप प्रज्वलन र केक काटेर उद्घाटन गरिएको सो कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आएका अतिथि कलाकार निशान भट्टराइ  रहेका थियो भने स्थानीय कलाकारहरूले बिभिन्न गीतमा नृत्य, गायन तथा प्रहशन प्रस्तुत गरेका थिए ।

एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल,पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, समाजसेवी सुजन केसि तथा धुर्बकुमार संग्रौलाले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रमलाई औपचारिक रूपमा Al Mulla Exchange marketing Manager भुवन सुवेदिले संचालन गरेका थिए भने भने मन्चको कलाकर कार्यक्रम समंयोजक नेहा राईले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेकी थिइन्।-

लालीगुराँस साँस्कृतिक परिवारका कलाकारहरूद्वारा माैलिक पञ्चे बाजागाज सहित हलमा भित्र्याइएका अतिथि कलाकार  निशान भट्टराईले ए भुन्टी,भिजिट भिषा,लैजाउला मङसिर महिनामा,आफ्नै छाया तथा आफुले नेपाल आईडलको स्टेटमा गएका दर्जनभन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर सबैलाई छमछमी नचाएका थिए भने कुवेतका स्थानिय कलाकारहरु लोक गयाक राजेन्द्र बिरही, कुमार तामाङ, नेहा राई, श्याम केसी, बिश्व पासा तामाङ, प्रेम जिमी, सानु लामा, प्रेम स्याङ्तन नक्कले, भेद गुरुङ, सरस्वती गुरुङ, अस्मिता तामाङ, सुन्दर कफल्थुत, राजु थापा लगायतको प्रस्तुतिले पनि उपस्थित सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो।

आयोजकले कार्यक्रम स्पोन्सर तथा अतिथि कलाकारलाइ दोसल्ला तथा मायाँको चिनोबाट सम्मान गरिएको सो कार्यक्रममा उपस्थित दर्शकहरुलाइ Al Mulla Exchange को तर्फबाट निःशुल्क चिठ्ठा फ़ार्म भराइ १० जनालाइ TRANSFAST लागो अंकित ब्याग र बौद्धिक प्रश्नको सहि उत्तर दिन सकेका दर्शकहरुलाइ पुरस्कार स्वरुप हेडसेट बितरण गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...