Monday 27th July 2026

साझा सद्भाव समुह कतारको प्रथम साधारणसभा सम्पन्न, संयोजकमा कार्की


तितोपाटी – साझा सद्भाव समूह कतारले पहिलो ऐतिहासिक साधारणसभा सम्पन्न गरेको छ । सभाले गणेश कार्कीको संयोजकत्वमा १५ सदस्सीय राष्ट्रिय कार्य समिति गठन गरेको छ । विगतमा स्थानिय र राष्ट्रिय तदर्थ समितिहरु हुँदै सद्भाव समुहको गतिविधि संचालन गरिरहेको समुहले विभिन्न क्षेत्रमा बस्ने सदस्यहरुको उपस्थितिमा साधारणसभाले दुई वर्षे कार्यकालका लागि कार्यसमितिका नयाँ पदाधिकारीहरु चुनेको हो ।

कार्यवाहक संयोजक गोपाल न्यौपानेको सभाध्यक्षतामा तदर्थ समितिका महासचिव दिपक कुमार बि.क को संचालनमा ‘द गोर्खा रेस्टुरेन्ट’ (नज्मा)मा सम्पन्न साधारणसभाले “साझा सद्भाव समूह- राष्ट्रिय समन्वय समिति कतार” को १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  १० मे २०१९ का दिन मध्यपूर्व क्षेत्रीय संयोजकको प्रमुख आतिथ्यमा बसेको मासिक बैठकले निर्णय गरे अनुरुप सोहार्दपुर्ण वातावरणमामा साधारणसभा मार्फत आगामी दुई (२) वर्षका लागि राष्ट्रिय कार्यसमिति चुन्ने निर्णय गरेको थियो ।

 नवगठित कार्यसमिति संयोजक कार्की सगै उपसंयोजकमा कुलचन्द्र पौडेल, सहसंयोजक ध्रुर्बराज भण्डारी, महासचिवमा दिपेन्द्र पोख्रेल, सचिव यादव राज पौडेल, कोषाध्यक्षमा सुजन ढकाल, सह-कोषाध्यक्षमा टीकाराम भण्डारी र सदस्यहरुमा चित्र शाह, प्रविण थापा, सुर्यनारायण गौतम, दिपक थापा, प्रकाश सुबेदी, खगेन्द्र खत्री, दिप शागर श्रेष्ठ, राम बाबु शाह चयन भएका छन । नवनियुक्त कार्यसमिति सदस्यहरुले प्रमुख सल्लाहकार नारायण विष्टबाट पद तथा गोपनियताको सपथ ग्रहण लिँदै नयाँ जोश जागर र उत्साहका साथ सद्भाव समुहको गतिविधिलाई शसक्त र परिणाममुखी बनाउने प्रण गरेका छन ।

कार्यक्रमको अन्त्यमा नवगठित समन्वय समिति कतारका संयोजक श्री गणेश कार्कीले १७ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए भने कार्यक्रममा विघटित तदर्थ समितिका पदाधिकारीहरुको साथमा सल्लाहकार समितिको समेत उपस्थिति रहेको थियो ।

समितिको आउँदो शुक्रबार १४ जुन २०१९ का दिन पहिलो समिक्षा बैठक बसि कार्यसमिति विस्तार तथा आवश्यक उप-समितीहरु र सल्लाहकार समिति गठन गर्ने जानकारी दिएको छ । यस ऐतिहासिक घडीमा नवनियुक्त महासचिव दिपेन्द्र पोख्रेलले अघिल्लो तदर्थ समिति तथा सल्लाहकार समितिको अतुलनीय योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नुको साथै नवगठित कार्यसमितिका साथीहरूलाई सद्भाव समुहको तर्फबाट र आफ्नु व्याक्तिगत तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...