Monday 10th November 2025

साझा सद्भाव समुह कतारको प्रथम साधारणसभा सम्पन्न, संयोजकमा कार्की


तितोपाटी – साझा सद्भाव समूह कतारले पहिलो ऐतिहासिक साधारणसभा सम्पन्न गरेको छ । सभाले गणेश कार्कीको संयोजकत्वमा १५ सदस्सीय राष्ट्रिय कार्य समिति गठन गरेको छ । विगतमा स्थानिय र राष्ट्रिय तदर्थ समितिहरु हुँदै सद्भाव समुहको गतिविधि संचालन गरिरहेको समुहले विभिन्न क्षेत्रमा बस्ने सदस्यहरुको उपस्थितिमा साधारणसभाले दुई वर्षे कार्यकालका लागि कार्यसमितिका नयाँ पदाधिकारीहरु चुनेको हो ।

कार्यवाहक संयोजक गोपाल न्यौपानेको सभाध्यक्षतामा तदर्थ समितिका महासचिव दिपक कुमार बि.क को संचालनमा ‘द गोर्खा रेस्टुरेन्ट’ (नज्मा)मा सम्पन्न साधारणसभाले “साझा सद्भाव समूह- राष्ट्रिय समन्वय समिति कतार” को १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  १० मे २०१९ का दिन मध्यपूर्व क्षेत्रीय संयोजकको प्रमुख आतिथ्यमा बसेको मासिक बैठकले निर्णय गरे अनुरुप सोहार्दपुर्ण वातावरणमामा साधारणसभा मार्फत आगामी दुई (२) वर्षका लागि राष्ट्रिय कार्यसमिति चुन्ने निर्णय गरेको थियो ।

 नवगठित कार्यसमिति संयोजक कार्की सगै उपसंयोजकमा कुलचन्द्र पौडेल, सहसंयोजक ध्रुर्बराज भण्डारी, महासचिवमा दिपेन्द्र पोख्रेल, सचिव यादव राज पौडेल, कोषाध्यक्षमा सुजन ढकाल, सह-कोषाध्यक्षमा टीकाराम भण्डारी र सदस्यहरुमा चित्र शाह, प्रविण थापा, सुर्यनारायण गौतम, दिपक थापा, प्रकाश सुबेदी, खगेन्द्र खत्री, दिप शागर श्रेष्ठ, राम बाबु शाह चयन भएका छन । नवनियुक्त कार्यसमिति सदस्यहरुले प्रमुख सल्लाहकार नारायण विष्टबाट पद तथा गोपनियताको सपथ ग्रहण लिँदै नयाँ जोश जागर र उत्साहका साथ सद्भाव समुहको गतिविधिलाई शसक्त र परिणाममुखी बनाउने प्रण गरेका छन ।

कार्यक्रमको अन्त्यमा नवगठित समन्वय समिति कतारका संयोजक श्री गणेश कार्कीले १७ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए भने कार्यक्रममा विघटित तदर्थ समितिका पदाधिकारीहरुको साथमा सल्लाहकार समितिको समेत उपस्थिति रहेको थियो ।

समितिको आउँदो शुक्रबार १४ जुन २०१९ का दिन पहिलो समिक्षा बैठक बसि कार्यसमिति विस्तार तथा आवश्यक उप-समितीहरु र सल्लाहकार समिति गठन गर्ने जानकारी दिएको छ । यस ऐतिहासिक घडीमा नवनियुक्त महासचिव दिपेन्द्र पोख्रेलले अघिल्लो तदर्थ समिति तथा सल्लाहकार समितिको अतुलनीय योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नुको साथै नवगठित कार्यसमितिका साथीहरूलाई सद्भाव समुहको तर्फबाट र आफ्नु व्याक्तिगत तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...