Saturday 26th September 2026

दर्शन सांगीतिक धमाका २०१९ को सम्पूर्ण तयारी पुरा, अतिथि कलाकार भोलि बुधबार कुवेत आइपुग्ने


तितोपाटी -दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको ” दर्शन सांगीतिक धमाका २०१९ ” को सम्पूर्ण तयारी पुरा भईसकेको छ ।दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको सम्पूर्ण तयारी भईसकेको र अतिथि कलाकार बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने सँस्थाका संरक्षक बिबी मल्ल ठकुरीले बताए ।

सँस्थाको पाँचौ वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।अतिथि कलालाकर आउँदो बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने भयकोले कलाकारहरु लाई स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-सँस्थाका प्रतिनिधी , पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उक्त दिन र समयमा आइदिनहुनको लागी आयोजक समुहले अनुरोध गरेको छ ।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे जानकारी – 66644509, 60067572, 69925693


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...