Friday 19th December 2025

हुलाक टिकटमा सलहेस प्रतिक्षात्मक फूल राखिने


रञ्जिता भट्टराई – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले लाहान स्थित रहेको सलहेश फुलवारीको फूल चमत्कारी रहेको भन्दै हुलाक टिकटमा यसको फूल राखिने प्रतिबद्धता गरेका छन् । मधेश मिडिया मिशन नेपाल र रैथाने एकता परिषदले ऐतिहास रहेको यो फुलवारीको फूल हुलाक टिकटमा राख्न माग गर्दै आएको छ । सिराहाको लाहान छेउमा ९ बिगाहा क्षेत्रफलमा रहेको ऐतिहासिक सलहेस फूलवारीमा प्रत्येक बर्ष बैशाख १ गते हारम प्रजातीको रुखमा फूल्ने फूललाई सलहेसको प्रतिक्षारत फूल भन्ने गरिन्छ ।

नयाँ बर्षको पहिलो दिन फूल्ने उक्त फूल हेर्न मोरगं , सप्तरी , सिरहा , धनुषा लगायतका जिल्लाहरुबाट लाखौँको सख्याँमा आन्तरीक पर्यटक सलहेस फूलवारीमा भेला हुने गरेका छन् भने भारतको पट्ना , बगांल , समस्तिपुर , मधुवनी , दरभगां , सितामाडी देखी राजधानी दिल्लीबाट समेत हजारौँको सँख्यामा धार्मिक पर्यटकहरु ओईरिने गरेका छन् ।

ऐतिहासिक राजा सलहेस र उनका भाईहरु मोतिराम र बुधेश्वरले नजिकै रहेको मानिक दहमा नुहाएर उक्त फूलवारीमा फूलेका फूलहरु टिपेर देवता पुज्ने गरेको किवंदन्ति छ । हुलाक टिकट छापिदा राष्ट्यि महत्वको बिषय बन्ने तथा अन्तर्राष्ट्रियस्तरमा सलहेस फूलको प्रचार प्रसार हुने र बाह्य पर्यटनको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने भएकाले सरकारसँग हुलाक टिकटमा सलहेस फूल छाप्न माग गरेका हौँ , रैथाने एकता परिषद्का सयोंजक सन्तोष बराइलीले भने , हाम्रो माग सम्बोधन गर्दै सञ्चार मन्त्री गोकुल बास्कोटाले सार्वजानिक रुपमै हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्धता जनाएका छन् ।

रेडियो नेपालको प्रादेशिक प्रसारण प्रदेस नम्बर दुईको नयाँ भवन शिलान्यास तथा प्रादेशिक प्रशारणको शुभारम्भ गर्न शनिवार महोतरीको बर्दिवास , गौरीडाँडा आएका सञ्चारमन्त्री बास्कोटालाई भेटेर रैथाने एकता परिषद्का सयोंजक बराइली सहित परिषद्का दुई दर्जन बढि नेताले लिखित माग पत्र मन्त्री बास्कोटालाई बुझाएका थिए ।

प्रादेशिक प्रशारणको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले आउने आर्थिक बर्षबाट लागु हुने गरि हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्धता जनाएका छन् । हुलाकको टिकट सञ्चार मन्त्रालयले छाप्दै आएको छ । रेडियो नेपालको प्रादेशिक प्रशारण शुभारम्भ कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबावु राउत पनि विशेष अतिथिको रुपमा सहभागी थिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटा र मुख्यमन्त्री राउतले प्रादेशिक प्रशारणको सयुंक्त रुपमा शुभारम्भ गरेका थिए ।

गौरिडाँडास्थित रेडियो नेपालको क्षेत्रिय कार्यालयको प्रागंणमा आयोजित शुभारम्भ कार्यक्रममा प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव , प्रदेशसभा सदस्यहरु , बिभिन्न नगरपालिका र गाउँपालिकाहरुका प्रमुख , उपप्रमुख लगायत जनप्रतिनिधी र स्थानिय निकायका कर्मचारीहरुको बाक्लो उपस्थित थियो । शुभारम्भ कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रशारण गरिएको थियो । मधेसका रैथाने समुदायको हक अधिकार खोसिदै गएको र रैथाने समुदायको हक अधिार खोसिन नदिन आवाज उठाउने उद्देश्यले तीन बर्ष अघि लहानमा भब्य मोटर साईकल र्याली गरेर सन्तोष बराइलीको नेतृत्वमा रैथाने एकता परिषद् घोषणा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

प्रतिकृयाहरू
...