Friday 15th May 2026

जन-सम्पर्क समितिले जुन २८मा जागरण अभियान र अगष्ट १६ मा तेश्रो अधिवेशन गर्ने


तितोपाटी – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेत शाखाले जुन २८मा जागरण अभियान र अगष्ट १६ मा तेश्रो अधिवेशन गर्ने भएको छ। जन-सम्पर्क समिति कुवेतको हिँजो शुक्रबार बसेको बैठकले सो निर्णय गरेको बुझिएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जन-सम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउन लागेको जनाएको हो । कांग्रेसले अहिले नेपालका ७७ वटै जिल्ला र विदेशका ३३ देशमा  राष्ट्रिय जागरण अभियान चलाइरहेको छ ।

त्यसैगरी सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिको रूपमा केन्द्रिय पदाधिकारीलाइ कुवेत ल्याइ तेश्रो अधिवेशन गर्ने निर्णय गरेको बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण सोही दिन बुझाउने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...