Sunday 27th July 2025

अष्ट्रेलियामा एआइबीटी इन्टरनेशनलको दर्ता समेत खारेज


तितोपाटी – अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएको एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टरनेशनलको दर्ता समेत अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ ।

यससँगै करीब १ हजार विद्यार्थी थप समस्या परेका छन् । यस अघिको एआइबीटी र यो एआईबीटी इन्टरनेशनल एउटै व्यक्ति र संस्थाबाट सञ्चालित दुई छुट्टा छुट्टै शैक्षिक संस्था हुन् । यसले पनि अदालतमा पुनरावलोकन गर्न पाउने छ । यसअघि एआईबीटी नर्सिङ काउन्सिलमा दर्ता नुहँदा अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काको सूचिबाट खारेज भएको थियो ।

तीन महिना अघि दर्ता खारेजी भएको एआइबीटीको मुद्धा अहिले अदालतमा विचाराधीन छ भने विद्यार्थीहरु अन्योलमा छन् । अब यो कलेजमा अध्यनरत विद्यार्थीको समेत अवस्था उस्तै हुने भएको छ । यस्तै सिड्नीमा रहेको अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजको नर्सिङ निकाय समेत आस्काले खण्डित खारेज गर्ने निर्णय गरेको छ ।

-न्यूज२४नेपाल टिभीबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...