Monday 27th July 2026

दर्शन ठकुरी समाज द्वारा हुने, दर्शन सांगीतिक धमाका २०१९ कार्यक्रमको तयारी अन्तिम चरणमा


तितोपाटी- नायक पल शाह र गायक प्रताप दाश कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका हुन् ।

। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो । अतिथि कलाकारका साथ मनाईने पाँचौं वार्षिक उत्सवको तयारी तिब्र रुपमा भयको समाजका अध्यक्ष एल बी हमाल ठकुरीले जानकारी दिएका छन् ।

आउँदो जुन ७ तारिख सुक्रवार हुने ‘पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ तयारीमा लागेको कार्यक्रम संयोजक शिभ शाही ठकुरीले बताए ।अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिलकुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको संस्थाका सम्रक्षक बि.बि मल्ल ठकुरीले जानकारी दिएका छन् ।

कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे जानकारी – ६६६४४५०९, ६००६७५७२, ६९९२५६९३


सम्बन्धित शीर्षकहरु

क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणपछि इरानले कीभविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको जारी द्वन्द्वका बीच कठिन निर्णयको सामना गरिरहेका छन्। १३ दिनसम्म लगातार हवाई आक्रमण गरेपछि अमेरिकाले…

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नो २४औँ सत्याग्रह (आमरण अनशन) मा छन्। उनले सुदूरपश्चिमको धनगढीस्थित कृष्ण मन्दिर…

प्रतिकृयाहरू
...