Tuesday 5th May 2026

नेपाली जन एकता सेवा समाजले इदमा सांस्कृतिक कार्यक्रमको साथमा चाैथो वार्षिकोत्सव तथा अधिवेशन गर्ने


तितोपाटी – नेपाली जन एकता सेवा समाज कुवेतले उसको चौंथो वार्षिकोत्सव तथा अधिवेशन विभिन्न साँस्कृतिक कार्यक्रमको साथ इद उल फित्रको पहिलो दिन गर्ने जनाएको छ। सो कार्यक्रम गर्नको लागि भव्य तयारी भइरहेको संस्थाका महासचिव डिबी भुसालले तितोपाटी डट कम लाइ जानकारी गराए ।

“एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो”भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जन एकता सेवा समाजले मुलत:पिडितहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमालो पनि गर्दै अाएको छ।संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै कार्यक्रमको अायोजना गरेको कुरा संस्थाका अध्यक्ष मुक्त बहादुर विश्वकर्माले बताए ।

संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने कार्यक्रमको कुवेतमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीज्युहरु, बुद्धिजिवी,समाजसेवी,पत्रकार,कलाकारहरुलाई पत्रचार गरिसकेको तथा कारणवश पत्र प्राप्त हुन नसकेको खण्डमा यसै सूचनालाई अाधार मानी कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन तथा कार्यक्रमलाइ भव्यरुपमा सफल बनाउन नेपाली समुदाय कुवेतमा रहेका सम्पुर्ण जन समुदायलाइ पनि नेपाली जन एकता सेवा समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विस्तृत जानाकारी
*************************
स्थान: ब्लक १ रोड नं.१२४ विल्डिङ नं.१४ फर्वानियाँ
मिति: रमादानको अन्तिम दिन(इदको दिन)
समय: बिहान ठिक १० वजे
सम्पर्क नम्वरहरु: 55268903/97224908/66183131


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...